काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले कडाईका साथ विषादीयुक्त खाद्यवस्तुको चेकजाँच गर्न निर्देशन दिएका छन् । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखहरूलाई आइतबार मन्त्रालयमा बोलाएर मन्त्री खनालले विषादी परिक्षणमा कडाई गर्न निर्देशन दिएका हुन् ।
मन्त्री खनालले मन्त्रालयमा सबैलाई बोलाएर विषादी परीक्षण लगायतका काम कसरी भइरहेको छ? क्वारेन्टाइनमा समस्या के–के छन् ? भनेर बुझ्न खोजिएको बताउँदै मातहतका निकायमा समन्वयको अभाव रहेको औल्याए ।
भन्सार र अर्थसँगको समन्वय बढाउनुपर्नेमा जोड दिँदै उनले उत्पादन बढाउने र परिणाम देखाउने कुरामा कसैले नरोकेको बताए । ‘तिनवटै क्वारेन्टाइनलाई व्यवस्थित गरौँ । चेकजाँचलाई निरन्तर र कडाइ गरौं । हिजोका दिनमा अन्य देशबाट जसरी आइरहेको थियो त्यसरी त ल्याउन दिइन्न । असन्तुलित नबनौँ’ मन्त्री खनालले निर्देशन दिँदै भने, ‘व्यापारका नाममा गुण्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस । मन्त्रीको हवला दिएर आउनेको काम त झन गर्दै नगर्नुस । तर जनताको काममा सहज बनिदिनुस’
अहिले भएका ल्याबहरुलाई व्यवस्थित ढंगमा चलाउन सकेको खण्डमा विषादी परिक्षणमा समस्या नभएको उनको भनाई थियो । ‘हामीसँग भएका ल्यावलाइ राम्रोसँग चलायौ भने विषादी जाँच गर्न समस्या हुन्न । अरु दुई तीनवटा ल्याव राखिन्छ । चेकजाँच निरन्तर हुन्छ त्यो आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि निरन्तरता दिइन्छ ।’ उनले भने ।
हाल पशुपन्छीतर्फ ८ वटा क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् भने कृषि तर्फ १५ वटा क्वारेन्टाइन कार्यालय छन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: