Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

वीर अस्पतालको बेहाल ; चिकित्सक यहाँ मेसिन बिगारेर बिरामीलाई निजीमा पठाउने धन्दा गर्दै

काठमाडौं । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए।

आजको अन्नपुर्ण पोष्ट दैनकिमा खबर छ अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’ जनताको करले सञ्चालित अस्पतलाको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।

मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ। अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन।

अस्पतालका कार्यकारी निर्देशक डा। केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘ ज्यामितीय रूपमा सेवाग्राही बढेका छन्। सेवासुविधा तथा उपकरण थप्ने प्रयास गरेको छु।’

१९४७ साउन १२ गते १५ शड्ढयाबाट अस्पतालले सेवा सुरु गरेको थियो। २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० मा स्तरोन्नति भएको थियो। उपचार र दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको जेठो अस्पताल न्यून पूर्वाधार, दक्ष जनशक्ति पलायन र उपकरण अभावले थलिएको छ।

जनशक्ति पलायनको पीडा

विभिन्न तहका दक्ष जनशक्ति उत्पादनका कार्यक्रम सञ्चालन गरिरहे पनि अस्पतालमा विज्ञ चिकित्सक अभाव छ। क्याथ ल्याब नभएको र काम गर्ने वातावरण पनि नभएपछि वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले राजीनामा दिए।

न्युरो विभाग प्रमुख प्रा।डा। गोपालरमण शर्मा राजीनामा दिएर निजी अस्पतालमा गएका छन्। अस्पतालमा मिर्गौला रोगको उपचार थालनी गरेका डा। ऋषिकुमार काफ्ले पनि लामो समय टिकेनन्।

१३० वर्ष पुगेको मुलुकै जेठो अस्पतालमा अर्बौं लगानी भइरहे पनि आईसीयू अभाव, जनशक्ति पलायनको पीडा र उपकरण बिग्रिने रोगबाट ग्रसित छ।

अस्पतालमा चिकित्सक टिक्न नसक्नुको कारण धेरै छन्। एक वरिष्ठ चिकित्सक भन्छन्, ‘अनुभवी एवं दक्ष जनशक्ति राजीनामा दिएर निजी अस्पतालमा जानु दुर्भाग्य हो।’ नर्सहरू पनि हरेक वर्ष पलायन भइरहेका छन्।

अस्पताल कार्यरत चिकित्सकको ध्यान पनि निजीमा बढी छ। ब्रान्डका लागि वीरमा बसिरहेको बताउने चिकित्सकहरूले अधिकांश समय निजी अस्पतालमा बिताउने गरेका छन्।

आईसीयू अभाव

चार सय ६० शड्ढयाको अस्पतालमा आईसीयूको बेड पाउन धौधौ पर्छ। आकस्मिक उपचारका लागि गएका बिरामीले शड्ढया अभावमा बाहिरिनुपर्ने बाध्यता छ। त्यस्तै हेमोडायलाइसिसका लागि निःशुल्क घोषणा गरिए पनि अस्पतालमा सेवा पाउन महिनौं पालो पर्खनुपर्छ।

अस्पतालका कार्यकारी निर्देशक डा। केदारप्रसाद सेन्चुरी आईसीयूमा बेडसंख्या न्यून हुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको बताउँछन्। पुरानो आईसीयूलाई स्तरोन्नति गर्न ३ शड्ढया थप्न लागिएको डा। सेन्चुरीको भनाइ छ। जसमध्ये २ शड्ढयामा सघन हेमोडायलाइसिस सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

उपकरण बिग्रिने रोग

वीर अस्पतालमा हरेक वर्ष महँगोमा उपकरण खरिद हुन्छ। तर केही महिनापछि बिग्रन्छ। उपचार गर्न आएका बिरामीलाई चिकित्सक एवं प्राविधिकले नजिकको निजी अस्पतालमा रेफर गर्छन्। कमिसन लिन्छन्।

नक्सालस्थित एक उपचार केन्द्रका सञ्चालक भन्छन्, ‘सिफारिस लिएर आएका बिरामीबाट उठाएको शुल्कको केही रकम चिकित्सकलाई दिनुपर्छ।’

मिर्गौला फेल बिरामीका लागि आवश्यक हेमोडायलाइसिस मेसिन बिग्रँदा सेवा खुम्चिएको छ। मेसिन थोरै र बिरामीको चाप धेरै हुँदा डायलाइसिसका लागि महिनौं पालो पर्खनुपर्ने अवस्था छ। त्यस्तै मुटुका लागि आवश्यक क्याथ ल्याब पनि बिग्रेको छ।

क्यान्सर उपचारका लागि खरिद गरिएको रेडियोथेरापी तथा टोमोथेरापी मेसिन राख्ने ठाउँ अभाव छ। मेसिन सशस्त्र प्रहरीको गोदाममा राखिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका निर्देशक डा। सेन्चुरी मेसिन जडान गर्न बंकर निर्माण भइरहेको बताउँछन्।

उपकरण खरिदमा सरकारी अनुदानमै पूर्ण निर्भर छ। उपकरण मर्मत सम्भारका लागि समेत छुट्टै मर्मतसम्भार कोष व्यवस्था छैन। समयमै मर्मतसम्भार हुन नसक्दा सेवा अवरुद्ध हुने गरेको आर्थिक प्रशासन शाखाका एक कर्मचारीले बताए।

उपकरण खरिद गर्नुभन्दा सदुपयोग गर्नु ठूलो कुरा भएको स्वास्थ्यमन्त्री यादवको भनाइ छ। ‘अलोकप्रिय कार्य गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। मेडिकल इथिक्स र अनुशासन पालना गर्नुपर्छ’, मन्त्री यादवले भने।

पुरानो संरचना, उच्च अपेक्षा

२५ वर्षअघिको पुरानो जनशक्ति र संरचनामा रहेर सेवा प्रवाह गर्नु कठिन भइरहेको कार्यकारी निर्देशक डा। सेन्चुरी बताउँछन्। अस्पतालको सेवा विस्तारको अनुपातमा संख्या न्यून भएकाले अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट ९ओ एन्ड एम० सर्भे गरी व्यवस्थापन गर्नुपर्ने डा। सेन्चुरीको भनाइ छ। स्वीकृत दरबन्दीमध्ये १ सय १६ जना कार्यरत छन्। त्यस्तै नर्सिङतर्फ १ सय ५९ र प्यारामेडिक्सतर्फ ३२ जना कार्यरत छन्। न्याम्सतर्फबाट ७९ चिकित्सक र नर्सिङतर्फ १ सय ३८ जना कार्यरत छन्।

सेवा सञ्चालन भइरहेको विभाग एवं युनिटमा पनि चिकित्सक, नर्स, बायोमेडिकल इन्जिनियर अभाव छ। अस्पतालको सेवा प्रभावकारी बनाउन तत्काल कर्मचारी र उपकरण तथा फर्निचरको व्यवस्था गर्नुपर्ने डा। सेन्चुरी बताउँछन्।

अस्पतालको सेवामा प्रभावकारिता ल्याउन यान्त्रिक उपकरणहरु थप गर्नुपर्ने भएकाले सरकारबाट थप वित्तीय सहयोग आवश्यक रहेको डा। सेन्चुरी सुझाउँछन्।

अर्बौं लगानी, सेवा न्यून

अस्पतालमा आउने अधिकांश व्यक्ति मध्यम र निम्न वर्गका हुन्छन्। सरकारले पनि बर्सेनि अर्बौं बजेट निकासा गर्छ। आर्थिक वर्ष २०७५÷०७६ मा सरकारबाट २ अर्ब १० करोड २६ लाख निकासा भएको थियो। सोही अवधिमा अस्पतालले सेवा उपलब्ध गराएबापत ३६ करोड आम्दानी हुने लक्ष्य राखेको थियो। तर, जेठ मसान्तसम्म ३३ करोड ३६ लाख मात्र आम्दानी गरेको अस्पतालले जनाएको छ।

अस्पतालको इमरजेन्सीसहित बहिरंग विभाग ९ओपीडी० बाट ४ लाख २२ हजार ८ सय १ जनाले सेवा पाए। ६ हजार ८ सय ७७ जना सेवाग्राहीकोे शल्यक्रिया भयो। अस्पतालको वार्षिकोत्सवमा स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले भने, ‘लगानी र उत्पादनको रेसियो हेरेर मूल्यांकन गर्नुपर्छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE