काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार राप्रपाको केन्द्रिय कार्यालयमा बसेकाे केन्द्रिय कार्य समितिको बैठकले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
केन्द्रिय कार्यसमितिको बैठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रारम्भ गर्नेसमेत निर्णय गरेको प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राप्रपाले आफ्ना सबै भातृ संगठनहरुको अधिवेशन आगामी वैशाख भित्र सम्पन्न गरिसक्ने पनि निर्णय गरेको छ ।
राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे माग पुरा गराउन दोस्रो चरणको वार्तामा जाने र सम्बोधन नभए जनसंघर्षमा उत्रने पनि निर्णय गरेको ।
यस्ता छन् अन्य राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका निर्णयहरु
यस्ता छन् कार्य सम्पादन समिति बैठकका निर्णयहरुः
१. २०७७ साल जेठमा केन्द्रीय महाधिवेशनको आयोजना गर्ने । माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रारम्भ गरिने छ।
२. समान विचारधारा भएका दलहरु वीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई राप्रपा स्वागत गर्दछ । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई यो बैठक आब्हान गर्दछ।
३. पार्टीले सरकार समक्ष बुझाएको २२ बुँदे मागहरु पुरा गराउने सम्बन्धमा सरकारसँग यथासंभव चाँडो दोस्रो चरणको वार्ता गरिने छ । राप्रपाका मागहरु बारे सरकारले सकारात्मक सम्बोधन नगरेमा निकट भविष्यमा नै दोस्रो चरणको जनसंघर्ष गर्ने गरि अहिले देखि तयारी आरम्भ गरिने छ।
४. संगठन निर्माण बर्ष २०७६ कार्ययोजना पारित गरेको छ।
५. भातृ संगठनहरुको अधिबेशन २०७७ बैशाख भित्र सम्पन्न गरिनेछ।
६. यही श्रावण २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भाद्र महिनाभित्र सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, २०७७ आश्विन महिनाभित्र सम्पूर्ण गा.पा. र न.पा. हरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
७. चतराधाम–त्रिवेणी हिन्दुराष्ट्र पुनस्र्थापना संकल्प यात्रा आगामी २०७६ साल मंसिरको अन्तिम हप्तामा प्रारम्भ गरिनेछ र बाँकी जिल्लाहरुमा भाद्र महिनाबाट स्वाभिमान यात्रा प्रारम्भ गरिनेछ।
८. आगामी २०७६ साल मंसिरमा गाउँ फर्क अभियान संचालन गरिनेछ। पार्टी र संयोजित संगठनका केन्द्रीय एवं प्रदेश कार्यसमितिका सदस्यहरुले कम्तिमा ३ हप्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य रुपले रहेर संगठन निर्माण र जनसम्पर्कको कार्यमा बिताउनु पर्नेछ। यस अवधिमा संगठन निर्माण वर्ष २०७६ का आफ्नो क्षेत्रमा बाँकी कार्यहरु पुरा गर्नु पर्नेछ।
९. सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा संचालन गरिने छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: