Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मधेश डुबान बारे उर्जामन्त्री पुन र मुख्यमन्त्री रावतबीच छलफल, दिर्घकालीन समाधान खोज्न प्रदेश सरकारकाे माग

काठमाडौं । तराई मधेश डुबानको विषयमा उर्जामन्त्री वर्षमान पुन र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु रावतबीच छलफल भएको छ । प्रदेश २ का भौतिक मन्त्री जितेन्द्र सोनलसहित उर्जामन्त्रालय पुगेका मुख्यमन्त्री रावतले मधेशमा भइरहेको बाढी डुवानको विषयमा मन्त्रीपुनसंग छलफल गरेका हुन् ।

आज उर्जामन्त्रालयमा भएको छलफलमा मन्त्रीपुनले मधेश डुवानको दीर्घकालीन समाधानका लागी एकीकृत योजना बनाउने प्रस्ताव गरेका छन् । उनले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोप विरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सवैभन्दा बढी प्रभावितभएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए । ‘डुवानको जरो कुरा पत्ता लगाउनका लागी एकीकृत योजना बनाएरै अघि बढौ, दुवै सरकारबीच समन्वय गरेर एकिकृत योजना बनाए मात्र दिर्घकालिन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुँदैन ।’ मन्त्रीपुनले भने ।

उनले तत्कालिन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्याका समाधानका लागी एकिकृत योजना बनाउनुको विकल्प नभएको बताए । प्रदेश २ कामुख्यमन्त्री राउतले मधेशमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने भन्दै चिन्ता व्यक्त गरे ।

उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए । मुख्य मन्त्री रावतले केन्द्र सरकारको ध्यान ठुला नदिव् यवस्थापनामा मात्र गएको भन्दै मधेशमा रहेका साना नदिले पनि क्षती पु–याउने गरेको जानकारी बताए ।

उनले उर्जामन्त्री पुनसँग बाढी र डुवानका कारण अर्बौको धनजनको क्षती भएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागी दीर्घकालीन योजना बनाईदिन आग्रह गरेका छन् ।

‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन । अब व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दिर्घकालिन समाधान नखोज्ने हो भने समग्र भु–भाग नै खतरामा पर्ने सम्भावना छ ।’ मुख्यमन्त्री रावतले भने ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy