Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

कार्य विभाजन नै स्थगित गरेर विदेश जादैँ ओली दाहाल

काठमाडौं । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो।

साउन ५ यता मात्रै तीनपटक स्थगित सचिवालय बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर बैठकमा कार्य विभाजन प्रस्तावमा नेताहरूले अझै गृहकार्य नपुगेको धारणा राखेपछि बैठक २८ साउनसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘केन्द्रीय सल्लाहकार परिषद्, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग, जनवर्गीय संगठनका फ्याक्सन इन्चार्जलगायत केन्द्रीय सदस्यका सबै नेताहरूको कार्य विभाजनका लागि नेताहरूको आआफ्नो रुचि सोध्ने, सल्लाह गर्ने व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउने गरी साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने। वरिष्ठ नेता झलनाथ खनालले पनि बैठकमा कार्यविभाजन प्रस्तावमा गहिरिएर छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले कार्य विभाजन प्रस्तावमा अझै गृहकार्य बाँकी रह्यो, पछि छलफल गरांैला भन्नुभयो। त्यसपछि हामी उठ्यौं,’ खनालले भने।

नेकपाका ३२ विभागमध्ये स्कुल विभागको नेतृत्वको विवाद मिलाउन नेतृत्वलाई मुस्किल परिरहेको छ। प्रवक्ता श्रेष्ठ र अर्का सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त विभागको दाबी नछोडेपछि अध्यक्षद्दयलाई नेतृत्व टुंगो लगाउन सकस परेको हो। सचिवालयमै रहेका श्रेष्ठ र पोखरेलले स्कुल विभागको दाबी नछोडेपछि स्थायी समितिबाट पनि नेताहरू डा वेदुराम भुसाल र घनश्याम भुसालले विभागको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा विभागको कार्यविभाजन छलफल अहिले नगरौं भन्ने प्रस्ताव राखेका थिए। त्यसपछि झन्डै ढेड घण्टा बसेको सचिवालय बैठक विषयान्तर भई अन्तर्राष्ट्रिय बाघ दिवस, नेताहरुको विदेश भ्रमण लगायतमा केन्द्रित भएको एक सचिवालय सदस्यले बताए।

गृहमन्त्री रामबहादुर थापाले भने सचिवालय सदस्यहरु कसैले पनि विभागीय जिम्मेवारी नलिई स्थायी समितिभन्दा तलबाट जिम्मेवारी दिने प्रस्ताव गरेका थिए। बैठकमा थापाको प्रस्तावमा पनि छलफल नभएको ती नेताले बताए।

अध्यक्षद्वयले नै आफूहज्ञको विदेश भ्रमणको कार्यतालिका बनेको बताएपछि सचिवालय सदस्यहरू अचम्भित भएका थिए। ‘साउनभित्रै पार्टी एकताको सम्पूर्ण प्रक्रिया पूरा गरेर स्थायी समिति र केन्द्रीय समितिको बैठकसमेत बस्ने नेताहरूले नै बताउनुभएको थियो। तर फेरि उहाँहरु विदेश भ्रमणमा निस्केर कार्यविभाजनलाई पछि धकेल्ने योजना ल्याउनुभयो,’ ती सचिवालय सदस्यले भने, ‘त्यसपछि त सचिवालय बैठक झिनामसिना छलफलमा विषयान्तर हुन थाल्यो।’

बैठकमा अन्तर्राष्टिय बाघ दिवसका विषयमा मात्रै झन्डै आधा घण्टा नेताहरुले चर्चा गरेका थिए। वरिष्ठ नेता माधव नेपाल बाघ दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा भाग लिन पहिले रसिया भ्रमणका गएको स्मरणदेखि नेपालले लिएको लक्ष्यअनुसार सन् २०२२ सम्म नेपालमा बाघको संख्या कसरी बढाउन सकन्छि भन्नेमा पनि सचिवालय बैठकमा नेताहरुले छलफल गरेका थिए।

‘केन्द्रीय नेताहरूको कार्यविभाजन कसरी टुंग्यानउने भन्ने छलफल गर्नुपर्ने बैठक विषयान्तर भई बाघ बढाउने देखि अध्यक्षद्वयको विदेश भ्रमणसम्ममा केन्द्रित हुन थाल्यो। त्यसपछि बैठक स्थगित गरियो,’ ती नेताले भने। प्रधानमन्त्री ओली १८ साउनमा सिंगापुर जाँदैछन्। अर्का अध्यक्ष दाहाल मंगलबार दुबई जाने कार्यक्रम छ। प्रधानमन्त्री ओली उपचारका लागि र दाहाल पत्नी सीता, छोरी, नातिनीसहित दुबई जान लागेका हुन्। तर वरिष्ठ नेता खनालले भने सचिवालय बैठकमा नेताहरूको विदेश भ्रमणका विषयमा छलफल नभएको जिकिर गरे। उनले भने, ‘नेताहरूको विदेश भ्रमणको कार्यतालिका पनि होला सायद, तर सचिवालय बैठकमा यस विषयमा छलफल भएको छैन। केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो रुचिका विषयमा पनि बुझौं भन्ने भएपछि बैठक गृहकार्य गर्न स्थगित गरिएको हो।’

खनालका अनुसार अब कार्यविभाजन अगाडि महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुलाई बोलाएर कुन जिम्मेवारीमा रहेर काम गर्ने रुचि छ भन्ने विषयमा बुझ्नेछन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कार्यविभाजन अगाडि सबै केन्द्रीय नेताहरूका रुचिका प्राथमिकता बुझेर व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउन समय दिइएको बताए। ‘कुन नेतालाई केको जिम्मेवारीमा बसेर काम गर्न मन छ भन्ने विषयमा प्राथमिकता निर्धारण गरेर रुचि बुभ्mने र त्यही आधारमा जिम्मेवारी दिने गरी परिमार्जित व्यवस्थित प्रस्ताव आगामी सचिवालय बैठकमा प्रस्तुत गरिनेछ,’ श्रेष्ठले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE