काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत व्यवसायीलाई यसको दायराभित्र ल्याउन दर्ता हुनुपर्ने प्रावधान ल्याएको छ । हालै मात्र ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुनुपर्ने नियम सरकारले ल्याइसकेको छ ।
सरकारले विभिन्न ४ करका ऐन ९बिक्री ऐन, मनोरञ्जन कर ऐनलगायत० प्रतिस्थापन गर्दै भ्याट ऐन ल्याएको हो । भ्याट ऐन लागू हुने भएपछि व्यवसायी एवं उपभोक्ताले अन्य सबै प्रकारका अप्रत्यक्ष करबाट मुक्ति पाएका छन् ।
भ्याट नलाग्ने
भ्याट ऐनले दर्ता हुनुपर्ने व्यवसायलाई विभिन्न भागमा विभाजन गरेको छ । नेपालमा भ्याटमा दर्ता हुनुनपर्ने व्यवसाय पनि छन् । ती व्यवसाय विशेष गरी कृषि वस्तुमा आधारित छन् भने दैनिक उपभोग्य वस्तुका सामग्री (प्राथमिक वस्तु, प्रशोधन भएका वस्तु) को कारोबार गर्ने व्यवसायीले पनि भ्याटमा दर्ता हुनुपर्दैन ।
शून्य भ्याट लाग्ने
अर्कोतर्फ शून्य भ्याट लाग्ने वस्तु तथा व्यवसायी पनि हुन्छन् । विशेष गरी निर्यात गर्ने उत्पादनमूलक उद्योगलाई शून्य दरको भ्याट लाग्छ । कूटनीतिक नियोगलाई पनि शून्य भ्याट लाग्छ ।
थ्रेसहोल्ड नाघेमा मात्र दर्ता हुनुपर्ने
तेस्रो, वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको मात्र वस्तुको कारोबार गर्ने व्यवसायीले दर्ता हुनुपर्ने हुन्छ । अर्थात्, भ्याट लाग्ने वस्तुको कारोबार गरे पनि वार्षिक ५० लाख रुपैयाँभन्दा कमको कारोबार हुन्छ भने भ्याटमा दर्ता हुनुपर्दैन । यस्तो रकमको सीमालाई थ्रेसहोल्ड भनिन्छ । वा, वस्तु तथा सेवा (दुवै मिश्रित) कारोबार गर्नेको हकमा वार्षिक २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेले भ्याटमा दर्ता हुनुपर्छ, अन्यथा पर्दैन ।
अनिवार्य दर्ता हुनुपर्ने
चौथो, तोकिएको वस्तुको कारोबार गर्नेले अनिवार्य भ्याटमा दर्ता हुनुपर्छ । यस्ता वस्तुको कारोबार गर्नेले जतिसुकै रकम (वार्षिक एक रुपैयाँ नै कारोबार किन नहोस्) को व्यवसाय गरे पनि अनिवार्य भ्याटमा दर्ता हुनुपर्छ । अनिवार्य दर्ता हुनुपर्नेमा निम्न वस्तु एवं सेवाको कारोबार गर्ने व्यवसायी पर्छन् ।
क) इँटा उत्पादन, मदिरा वितरक, वाइन, सफ्टवेयर, ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटन सवारी, क्रसर, बालुवा खानी, स्लेट र ढुंगा उद्योगसम्बन्धीका व्यवसायी ।
ख) हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ, अटोमोबाइल्स, मोटर पार्टस्, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्युटिपार्लर, क्याटरिङ सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेसिनरी उपकरण प्रयोग भएको ड्राइक्लिनर्स, बारसहितको रेस्टुरेन्ट, आइसक्रिम उद्योग, कलर ल्याब, बुटिक, सुटिङको सामानसहितको टेलरिङ व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने व्यवसायी ।
ग) शैक्षिक तथा कानुनी परामर्श (वकिल) लेखा तथा लेखापरीक्षणसम्बन्धी सेवा दिने व्यवसायी तथा कम्पनी । (पहिले यो थिएन । चालू बजेटले थप गरेको हो)
घ) पहिले भ्याटको अनुसूची १ मा उल्लेख भएको (भ्याट नलाग्ने वस्तु) आँटा, सोयाबिन मस्यौरा, टेम्पो र ढुवानी सेवा पनि अब अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था भएको छ । नयाँ पत्रिकाबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: