लमजुङ । यहाँका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ ।
सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताए । उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट रु २० लाख आम्दानी भएको थियो ।
क्व्होलासोँथर गाउँपालिका–८ घाम्राङका कृषक ईश्वर गुरुङले छ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी अलैँचीका बिरुवा उत्पादन गर्दै आएकोमा यस वर्ष एक लाख ५० हजार बिरुवा उत्पादन भएको थियो । उत्पादित बिरुवामध्ये हालसम्म ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र यसबाट रू तीन लाख ५० हजार प्राप्त भएको उनले बताए । त्यस्तै बेंशीशहर नगरपालिका– १० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङको खाँचे अलैँची तथा जडीबुटी नर्सरी फार्ममा यस वर्ष एक लाख अलैँचीका बिरुवा उत्पादन भएकामा सो बिरुवामध्ये ४० हजार बिरुवा आफैँले रोपेर ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरिएको थियो । प्रतिबिरुवा पाँचदेखि छ रुपैयाँसम्म बिक्री गर्दा रू दुई लाख ५० हजार आम्दानी भएको उनले बताए ।
केही वर्षअघिदेखि जिल्लाका किसानले अलैँचीखेती व्यवसाय गरेको छोटो समयमै अलैँची खेतीलाई राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन् । उक्त शाखाका अनुसार यस वर्ष सात लाख ५० हजार वटा अलैँची बिरुवा उत्पादन भएकामा गत वर्ष २० लाख बिरुवा उत्पादन भएको थियो ।
यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ । यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा पाँचदेखि साँढे सात रुपैयाँका दरले विक्री गर्दा रू६५ लाखभन्दा बढी आम्दानी भएको उक्त कार्यालयले जनायो ।
असारदेखि भदौ महीनासम्म किसानले अलैँचीका बिरुवा रोप्ने गर्दछन् । जिल्लामा एक हजार ५६ हेक्टर जमीनमा अलैँची खेतीको राम्रो सम्भावना भए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: