Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मंसिर भित्रै उपनिर्वाचन, आयोगले सुरु गर्यो तयारी

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका विभिन्न स्थानहरुमा उपनिर्वाचनको तयारी थालेको छ । निर्वाचन आयोगले रिक्त रहेका विभिन्न ५० स्थानमा आउँदो मंसिरभित्रै उपनिर्वाचनको तयारी थालेको जानकारी दिएको छ ।

आयोगले निर्वाचनको तिथि मिति तोक्न बिहिबार नै दलका प्रतिनिधिसँग छलफलसमेत गरेको निर्वाचन आयोगका प्रवक्ता शंकर प्र. खरेलले जानकारी दिएका छन् । बिहिबार छलफलमा १८ दलका प्रतिनिधि उपस्थित रहेको र मंसिर भित्र नै निर्वाचन गर्न सुझाब आएको प्रवत्ता खरेलले जानकारी गराएका छन् ।

हाल प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान रिक्त रहेको जनाइएको छ ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डय मन्त्री रवीन्द्र अधिकारीको निधन भएसँगै कास्की क्षेत्र नं. २ प्रतिनिधि बिहिन छ । उनको गएको फागुन १५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

तीन प्रदेशसभा सांसदको पद रिक्त
आयोगले जनाएअनुसार दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ्ग क्षेत्र नं. २ को ‘ख’ र भक्तपुर १ को ‘ख’ पनि प्रतिनिधि विहिन छन् । तिनै ठाउँका प्रदेश सभा सदस्यको विभिन्न कारणले निधन भएसँगै सो क्षेत्र रिक्त रहेको हो ।

दाङका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएको थियो । भक्तपुर १ का हरिहरण लामिछाने र बाग्लुङ्गका ३ का टेकबहादुर घर्तीको स्वास्थ्य समस्याको कारण निधन भएको थियो ।

एक मेयर र दुई गाउँपालिका अध्यक्ष खाली
स्थानीय तहमा एक मेयर र दुई गाउँपालिका अध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्का, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ र संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको विभिन्न कारणले निधन भईसकेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार हाल देशका विभिन्न ४१ वडा प्रमुख विहिन छन् । विभिन्न कारणले वडाअध्यक्षको पद रिक्त हुन पुगेको जनाइएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy