काठमाडौं । तत्कालिन शाही नेपाली सेना छोडेर माओवादी जनयुद्धमा सामेल भएका पूर्व लडाकुलाई नेपाली सेनाको अदालतले १० वर्ष जेल सजायँ सुनाएको छ । सेनाबाट भागेको १३ वर्षपछि गोरखा आरुघाट–९का शक्ति गुरुङलाई नेपाली सेनाको अदालतले जेल सजायँ सुनाएको हो ।
हातहतियारसहित तत्कालिन शाही नेपाली सेना छोडेर भागेका उनलाई सैन्य अदालतले हातहतियार, गोलगठ्ठासहित भागेको सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । सेनाका सहायक रथीको अध्यक्षतामा समरी जनरल सैनिक अदालतले उनलाई दोषी ठहर गरेको हो । गुरुङलाई सैनिक ऐन, २०६३ अनुसार जेल सजाएँको ठहर गरिएको जनाइएको छ ।
गुरुङ्गलाई द्धन्द्धको समयमा ४ सय ५० वटा गोली लिएर भागेको दाबी गरिएको छ । गुरुङ्गलाई गत साउन ७ मा सैनिक प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
०६३ साउनको ३० मा गुरुङ्ग गोलीसहित भागेको नेपाली सेनकाे दाबी छ । गुरुङ्गलाई गत आईतबार बसेको सैन्य अदालतले दोषी ठहर गरेको हाे । सैन्य अदालतले दोषी ठहर गरेसँगै गुरुङ्गलाई जिल्ला कारागार चितवन पठाइएको छ ।
गुरुङ्गको विषयमा यस्तो फैसला भएको सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यस विषयमा निकै चर्चा गरिएको छ । पूवमाओवादीहरुले यसको विरोध गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: