Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

वर्षमान र कुलमानप्रति नेकपा सांसदको आक्रोश : ए श्री ३ महाराज, कमिशन नआउने जुम्लामा पनि बिजुली लैजानुपर्यो !

काठमाडौं । सत्तारुढ नेकपाका सांसद गजेन्द्रबहादुर महतले उर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङ्गप्रति चर्को आक्रोश पोखेका छन् । महतले उर्जामन्त्री पुन र प्राधिकरण प्रमुख घिसिङ्गलाई कमिसन नआउने ठाउँमा काम नगर्ने गरेको आरोप लगाए । महतले मंगलबार प्रतिनिधि सभाको वैठका बोल्दै कमिशन नआउने जुम्लामा बिद्युत लैजान माग गरे ।

सत्तारुढ नेकपाका पोलिटब्यूरो सदस्यसमेत रहेका महतले उर्जामन्त्री पुन र प्राविधिकरण प्रमुख घिसिङ्गको व्यवहार ‘श्री ३ महाराज’को जस्तै भएको भन्दै आलोचना गरेका छन् । उनले आफुँहरुले जुम्लाको विषयमा पटक–पटक भेट्न र समस्या राख्न खोज्न नपाएको बताए ।

महतले जुम्लामा पनि १ लाख जनता छन् भन्दै बिजुली लैजान माग गरेका छन् । उनले भारतलाई बेच्ने बिजुली जुम्लाका जनतालाई बिक्रि गर्न माग गरे ।

यस्तो छ जुम्लाका सांसद गजेन्द्रबहादुर महतले गरेको सम्बोधन
कर्णालीको सदरमुकाम जुम्ला अहिले पनि अंध्यारो छ । ०३८ सालमा बनेको २ सय किलोवाटको विद्युत आयोजना अहिले बिग्रिएर थन्किएको छ । त्यो बन्न अझै ३/४ महिना लाग्छ । यो विषयमा आम सञ्चार माध्यममा पनि सार्वजनिक भएको छ ।

हामीले जुम्लाको विद्युतको समस्याको बारेमा धेरै भेट्न कोसिस गर्यौं हाम्रा श्री ३ महाराजलाई ! हाम्रा श्री ३ महाराज भनेका एउटा कुलमान घिसिङ्ग र अर्का श्री ३ महाराज वर्षमान पुन अनन्त हुन् ! उनिहरुलाई जति फोन गरे पनि उठ्दैन्, भेटघाट पनि गर्न पाईदैन् । यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? उनीहरुसँग कसरी भेट्न पाईने हो ? कि विद्युत प्राविधिकरण भन्ने छैन् यो नेपालमा ? कि जुम्ला जिल्ला भन्ने छैन् ?

जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्छन् । मोबाइल चलाउन नपाएर कति गाह्रो भईरहेको छ । जात्रा आयो, दशैं आयो, तिहार आयो अनि हामी यति प्रगति गर्यौं भनेर यिनीहरु कुर्लेका कुर्लै छन् । कता–कता भारतलाई विजुली बेच्दैछु पनि भन्छन् ।

हामीलाई बेचिदिनुस् कृपया जुम्लालाई बेचिदिनुस् । तपाईहरुको बत्ती कति छ हामीलाई बेचिदिनुस् । त्यहाँ पनि नागरिक छन् । त्यहाँ पनि मोबाईल चलाउँछन् । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहाँ पनि बिरामी छन् ।

म श्री ३ महाराजलाई फेरि भन्न चाहन्छु । तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो । अहिले डिजेल प्लान्ट राख्न खोजिरहेका छौं । एक महिनामा कम्तिमा १० लाखदेखि १५ लाख खर्च आउँछ ।

मैंले सुन्ने गरेको थिएँ उनीहरु सेवा अथवा कामकाज जहाँ कमिसन आउँछ त्यहाँ मात्रै विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज मलाई यो विश्वास लागेको छ । यिनीहरु जहाँ कमिसन आउँछ, जहाँ पैसा आउँछ त्यहिँ मात्रै यिनीहरुले सेवा विस्तार गर्दा रैछन् ।

यी श्री ३ महाराजले यी कुरा सुनिदिनु पर्यो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy