काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले जम्मु कस्मिरमा जनतालाई भारत सरकारले साम्राज्यवादी नीति लादेको भन्दै कडा शब्दमा विरोध गरेको छ । मंगलबार एक व्यक्तव्य सार्वजनिक गर्दै मसालले भारत सरकारले जम्मु कस्मिरका जनताको अधिकार खोसेर आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रुपमा प्रकट गरेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहद्धारा प्रेसित गरेको वक्तव्यमा त्यहाँका जनतालाई जनमत संग्रहमार्फत भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने अथवा स्वतन्त्र रुपमा अलग्गै राज्य बनाउने आत्मनिर्णयको अधिकार दिन माग गरिएको छ। भारत, पाकिस्तान र संयुक्त राष्ट्रसंघका बीचमा भएको त्रिपक्षीय सम्झौता अनुसार आत्मनिर्णयको अधिकार दिन नेकपा मसालको माग छ ।
यस्तो छ नेकपा मसालले निकालेको वक्तव्यः
जम्मु कस्मिरलाई भारत सरकारले केन्द्रशासित राज्य बनाउन गरेको निर्णयलाई नेकपा (मसाल)ले गम्भीर रूपमा विरोध गर्दछ र त्यसको भर्त्सना गर्दछ। वास्तवमा भारत, पाकिस्तान र संयुक्त राष्ट्रसङ्घका बीचमा भएको त्रिपक्षीय सम्झौताअनुसार जम्मूकश्मीरका जनतालाई जनमत सङ्ग्रहद्वारा भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्दथ्यो। तर, भारतले जम्मूकश्मीरका जनतालाई त्यो अधिकार दिएको छैन।
त्यसैले त्यहाँ एकातिर, जम्मूकश्मीरका जनताले आफ्नो आत्मनिर्णयको अधिकारका लागि लामो समयदेखि कडा सङ्घर्ष गर्दै आउनु परेको छ भने, अर्कातिर, त्यही विवादका कारणले भारत र पाकिस्तानका बीचमा कैयौँपल्ट युद्धहरू पनि भइसकेका छन्। त्यसरी भारतले लिएको गलत नीतिका कारणले नै पाकिस्तानमा आशान्तिको र भारत र पाकिस्तानका बीचमा दीर्घकालिन तनावको स्थिति पैदा भएको छ। त्यसका लागि भारत नै जिम्मेवार छ।
अहिले भारत सरकारले लिएको निर्णय स्वयं भारतले जम्मूकश्मीरलाई जुन विशिष्ट स्थान दिएको थियो त्यसका पनि विरुद्ध छ। त्यसले मोदी सरकारको स्वेच्छाचारी नीतिलाई पनि बताउँछ। त्यसका साथै अहिले भारत सरकारले जम्मूकश्मीरबारे गरेको निर्णय भारत सरकारको जन्मूकश्मीरसम्बन्धी नीतिको असफलता पनि हो। अहिलेको निर्णयले आफ्ना न्यायपूर्ण मागका लागि जम्मूकश्मीरका जनताको आन्दोलन बढ्दै गएको र त्यसलाई दवाउन भारत सरकार असफल भएको कुरालाई पनि बताउँछ। त्यसले गर्दाखेरि नै मोदी सरकार स्वयं आफ्नो संविधानका विरुद्ध गएर त्यसलाई केन्द्रशासित राज्य बनाउन बाध्य हुनु परेको छ।
भारतले जम्मूकश्मीरबारे अपनाएको नीति स्वयं आफूले नै गरेको सम्झौताका विपरित छ। त्यसैले अहिलेको सरकारको निर्णयले पनि जम्मूकश्मीरका जनताको आफ्नो न्यायपूर्ण आन्दोलनलाई दवाउन नसक्ने कुरा निश्चित छ। अहिलेको मोदी सरकारको निर्णयले भारतको साम्राज्यवादी चरित्रलाई अरू नाङ्गो रूपमा बाहिर ल्याएको छ र त्यसको भण्डाफोर गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ। त्यसका साथै जम्मूकश्मीरका जनताको न्यायपूर्ण आन्दोलनसित पनि हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: