जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाले मदिरा सेवनबाट समाजमा अशान्ति र अमर्यादित कार्य बढेको भन्दै मदिरा पिउनको लागि निश्चित समय तोकेको छ । नगरपालिकाले साउन १ गतेदेखि लागु हुनेगरि मदिरा पिउनको लागि साँझको ७ देखि ९ बजेसम्मको समय तोकेको हो । यो नियम आगामी कात्तिक मसान्तसम्म लागु हुने जनाइएको छ ।
नगरपालिकाले आगामी मंसिर १ देखि फागुन ३० गतेसम्मको लागि बेलुका ६ देखि ८ बजेसम्मको समय तोकेको छ । नगरपालिकाले १३ वटा नमुना बस्तीमा आगामी ६ महिनाभित्र पूर्णरुपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा पनि नगरपालिकाले तोकेको समयमा मात्रै सेवन गर्न पाउने उर्दी जारी गरेको छ ।
नगरपालिकाले नमुना घोषित गाउँमा स्वागतद्धार, सरसफाई र खानेपानी लगायतका कुरामा पनि मापदण्ड बनाएको छ । नगरपालिकाले नलगाड नदी र भेरी नदीमा माछा मार्न पनि प्रतिबन्ध लगाएको जनाएको छ ।
नलगाड नगरपालिकाको सिको गर्दै यता रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले पनि मदिरा पिउने निश्चित समय बनाएको छ । नगरपालिकाले विभिन्न क्षेत्रलाई मदिरा निषेध क्षेत्र पनि बनाएको जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: