काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्दा झ्याल तथा ढोकाबाट सडकमा फोहोर फ्याँक्ने बानी छ ? छ, भने अब बानी सुधार गर्नुस्। अन्यथा तपाईं कारबाहीको दायरामा पर्न सक्नुहुन्छ ।
सरकारले यस्तो काम गर्नेलाई पाँच हजार रुपैयाँसम्मको जरिवाना गर्नेगरी कानून ल्याउन लागेको छ । संघीय संसदमा दर्ता भएको विधेयक संसदमा दुबै सदनबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। सरकारले काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकमार्फत यस्तो व्यवस्था प्रस्ताव गरेको हो।
प्रस्तावित विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बुधबार प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएका छन्। चालु अधिवेशनमै विधेयक प्रतिनिधिसभामा पेस हुनेछ।
यस्तो कारबाही गर्ने प्रस्ताव
सरकारले ल्याएको विधेयकअनुसार यात्रा गर्दा सवारी साधनको झ्याल या ढोकाबाट फोहोर फाल्ने व्यक्तिलाई जरिवाना गरिने छ । विधेयकमा सडकमा फोहोर फ्याँकेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न प्रस्ताव गरिएको छ।
सार्वजनिक यातायातमा तोकिएको भाडा नतिरी यात्रा गर्ने याुत्रलाई पनि एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। भाडा नतिर्ने तथा नपाउने सुविधा माग गर्ने यात्रुलाई पनि समान जरिवाना हुन सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ।
यस्तै, यात्रुसँग तोकिएको भाडा नउठाउने, अनावश्यक सहुलियत तथा कम भाडा असुल गर्ने जिम्मेवार व्यक्तिलाई पनि प्राधिकरणले जरिवाना गर्न सक्नेछ। जरिवाना एक हजारदेखि पाँच हजार रुपैयाँसम्म नै प्रस्ताव गरिएको छ।
सार्वजनिक यातायातमा चालक, सहचालक तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा पनि त्यस्ता व्यक्तिलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यस्तो कारबाही गठन गर्ने भनिएको यातायात प्राधिकरणका कर्मचारी वा ट्राफिक प्रहरीबाट गर्न सक्ने प्रस्ताव गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: