काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा श्रम छाँया मन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा बजेटको व्यापक दुरुपयोग भएको भन्दै विरोध जनाएकी छिन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले रोजगार कार्यक्रममा खर्च गराई शैलीले कार्यक्रमको उद्देश्य पुरै उपहास भएको बताईन् ।
बाँदर लखेट्ने र झार उखेल्नमा पाँच अरब रकम सकिएको भन्दै संग्रौलाले सरकारको विरोध गरेकी छिन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यापक दुरुपयोग भएको छ, पाँच अरब रकम छुट्टाइएको यस कार्यक्रमलाई हेर्दा यसको बजेट, सडकको नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने, ढुंगा विछ्याउने जस्ता काममा खर्च गरेको देख्दा यसको जताजतै उपहास भएको प्रष्ट हुन्छ’, संग्रौलाले भनिन् ।
सांसद संग्रौलाले विश्व बैंकबाट लिन लागिएको १३ अर्ब ऋण प्रति प्रश्न गरेकी छिन् । उनले प्रधानमन्त्री कार्यक्रमबाट कोही युवा आत्मनिर्भर हुन नसक्ने भन्दै कार्यक्रममा व्यापक सुधारको खाँचो रहेको प्रष्ट पारिन् ।
श्रम मन्त्रालयमा व्यापक सुधार चाहिन्छ
छाँया श्रम मन्त्री तथा सांसद डा. डिला संग्रौलाले श्रम तथा रोजगार मन्त्रालयमा सुधारको व्यापक खाँचो रहेको बताएकी छिन् । उनले विभिन्न खाडी मुलुकमा अलपत्र परेका पीडितको उद्धारमा मन्त्रालय मौन बनेको प्रति प्रश्न गरिन् ।
संग्रौलाले रोजगारका लागि जापान पठाउने भन्ने तर क्षेत्र स्पष्ट नपार्दा भाषाको सिकाउने नाममा ठगी मौलाएको प्रति सरकारको ध्यानाकर्षण गरेकी छिन् । शुन्य लागतमा कामदार पठाउने घोषणा गर्ने तर लाखौं ठग्नेलाई सरकारले कारबाही किन नगरेको भनि संग्रौलाले प्रश्न गरेकी छिन् ।
‘सरकारले शून्य लागत भनेता पनि १० हजार भरपाई गराएर २ लाख सम्म असुली ठगी गर्ने कम्पनीलाई सरकारले किन कारवाही गर्न सकेन ?’ संग्रौलाको प्रश्न छ । मलेसिया जान रोकिएको कारण बारे सरकारले प्रष्ट पार्नुपर्ने संग्रौलाको माग छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: