रुकुमपूर्व । तत्कालीन माओवादीले सशस्त्र जनयुद्धका क्रममा धेरै ठाउँमा विद्यालय, सहिद गेट, चौतारा, विद्युत्गृह लगायतका भौतिक संरचना निर्माण गरिएको थियो ।
निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । तीमध्ये रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ छिपखोला तथा साविकको प्वाङ गाविस– १ मा माओवादीले बनाएको विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । उक्त आयोजनाले गर्दा नै यतिबेला छिपखोला बस्ती झिलीमिली देखिन्छ । उतिबेला निर्माण गरेको उक्त आयोजनाले अहिले छिपखोलाका ४० घर परिवारलाई उज्यालो दिएको छ ।
संरक्षणको अभावले जनयुद्धकालका सबै संरचना तथा चिज वस्तु लोप हुँदै गएको अवस्थामा त्यतिबेलाको विद्युत् आयोजनाले भने आजभोलि पनि गाउँ झिलीमिली हुँदा उक्त क्षेत्रका नागरिक गौरवान्वित भएका छन् । स्थानीय जमुना पुनमगरले भनिन्, \'तत्कालीन समयमा माओवादी विशेष गरेर कम्युन सञ्चालनका लागि निर्माण गरिएको आयोजना हो तर यस आयोजनालाई हामीले अहिलेसम्म पनि उपभोग गर्दै आएका छौँ ।\' स्थानीयलगायत सरोकारवाला निकायको संरक्षणमा अहिले पनि उक्त आयोजना जस्ताको तस्तैरुपमा रहेको उनको भनाइ छ ।
ढुङ्गा र माटोले बनेको सानो दुई तला अनि ढुङ्गाको छानो भएको घरमा यसको पावरहाउस रहेको छ । भिरालो जमीन भएका कारण विद्युत् पावरहाउसमा जोकोही सजिलै पुग्न पनि सक्दैनन् । सदरमुकाम रुकुमकोटबाट करीब एक दिनको बाटो हिँडेर पुग्ने उक्त ठाउँ युद्ध पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि हो । पहिले कम्युन सञ्चालन भएको उक्त ठाउँमा अहिले पनि नमूना बस्ती निर्माण गरेर मानिस मिलेर बसेका छन् ।
त्यस विद्युत्बाट अहिले पनि त्यहाँका ४० घरधुरी लाभान्वित छन् । छिपखोलाको विद्युत् विसं २०६२ साउनमा उत्पादन शुरु गरिएको थियो । विसं ०६१ देखि शुरु गरिएको योजना एक वर्षमा निर्माण पूरा भएको थियो । रु १२ लाख खर्चेर तत्कालीन जनसत्ताले बिजुली निकालेको स्थानीय धनबहादुर पुनले बताए ।
उनले भने, \'हामी ३७ घरले केही दिन श्रमदान गर्यौ । प्रतिघर दुई हजारका दरले पनि लगानी गरेका थियौँ । बाँकी लगानी तत्कालीन पार्टी सत्ताले गरेको होे ।\' जनयुद्धकालको विद्युत् आयोजनाले अहिलेसम्म छिपखोलाको बस्तीलाई अँध्यारो हुन नदिएको उहाँको भनाइ छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: