Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कश्मीर खुल्ला हुँदै, कडा सुरक्षाका बीच बजार र स्कुल खुले

काठमाडौं । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएसँगै बन्द कश्मीर पुनः खुल्ला भएको छ । शुक्रबार कडा सुरक्षाका बीच कश्मीरका केहि स्कुल तथा बजार क्षेत्र खुलेका छन् । स्थानीय प्रशासनले बिहान ११ देखि बेलुका ५ बजेसम्मको लागि बजार खोल्न सहुलियत दिएको छ ।

प्रशासनले शुक्रबारको नमाजको लागि पनि खुला गरेको जनाइएको छ । स्थानीयलाई आ–आफ्नो मस्जिदमा जान र नमाज गर्न सहुलियत दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मस्जिदमा नमाजको बेला समस्या नपार्न पनि सुरक्षा निकायलाई प्रशासनले निर्देशन गरेको छ ।

संवेदशील क्षेत्रमा भने अझैपनि धारा १४४ लागु गरि कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।

जामा मस्जिदमा धार्मिक सभा गर्न प्रतिबन्ध
भारतीय अधिकारीले जनाएअनुसार कश्मीर घाटीमा स्थानीय मस्जिदमा शुक्रबारको लागि नमाज गर्न रोक लगाइएको छ । ऐतिहासिक जामा मस्जिद क्षेत्रमा साप्ताहिक रुपमा हुने धार्मिक सभा शुक्रबार भने हुन सकेन । सम्भावित धार्मिक दंगालाई मध्यनजर गरि कट्टर मुश्लिम क्षेत्रका बजार क्षेत्र अझै पनि नखुलाइएको बताइएको छ ।

विपक्षी नेताहरु श्रीनगर एयरपोर्टबाटै फर्किए
आफ्ना कार्यकर्ता भेट्न गएका विपक्षी कांग्रेस नेता गुलाम नबी आजाद श्रीनगर एयरपोर्टबाटै फर्किएका छन् । उनलाई सुरक्षा निकायले दिल्ली फिर्ता पठाएको छ । उनको साथमा प्रदेश कांग्रेस अध्यक्ष गुलाम अहमद पनि सँगै थिए ।

यता माकपा महासचिव यचुरीलाई पनि श्रीनगर एयरपोर्टबाटै फर्काइएको छ । उनी पार्टी कार्यकर्ता भेटघाटको लागि गएका थिए ।

विरोध प्रदर्शन हुनसक्ने आशंकामा सरकारले विपक्षी पार्टीका नेता तथा कार्यकर्तालाई जम्मू–कश्मीर क्षेत्रमा जान रोक लगाएको छ । भारतीय मिडियाले जनाएअनुसार आगामी अगस्ट ५सम्म जम्मू–कश्मीरमा धारा–१४४ लागु हुनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy