Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भारतको कश्मीर कदमबारे इमरानको कडा टिप्पणी : हिटलर शैलीबाट जनतालाई दमन गरियो

एजेन्सी । जम्मू–कश्मीरलाई केन्द्र सरकार मातहत ल्याउन भारत सरकारले चालेको कदमप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिटलर शैली भनी कडा टिप्पणी गरेका छन् । उनले आईतबार ट्वीट गर्दै कश्मीरमा भारतले कफ्र्यू लगाएर हिटलरको नाजी शैली प्रयोग गरेको आरोप लगाएका हुन् ।

उनले प्रहरी लगाएर कश्मीरमा जनसंहार गरिएको आरोप लगाएका छन् । खानले भारतले कश्मीरमा जनसांख्यिकी नै परिवर्तन गर्न चाहेको भन्दै विश्वको ध्यान जानुपर्ने बताएका छन् ।

‘कश्मीरमा कफ्र्यू, प्रहरीको कारबाही र जनसंहारको अवस्थाले आरएसएसको विचारधारा दर्शाउँछ । र त्यो विचारधारा हिटलरको नाजी विचारधाराबाट प्रेरित छ । भारत कश्मीरको जनसांख्यिकी नै बदल्ने कोशिस गरिरहेको छ ।’ प्रधानमन्त्री इमरानले लेखेका छन्, ‘के दुनिया हेरि मात्रै रहन्छ, जस्तो हिटलरले जर्मनीको म्यूनिखमा गरेको थियो ?’

पाकिस्तान असफल भईसकेको छ : भाजपा महासचिव
इमरानको ट्वीटको रिट्वीट गर्दै भाजपा महासचिव राम माधवले विश्वभर आतंकवादलाई बढावा दिने पाकिस्तान कमजोर र असफल भईसकेको टिप्पणी गरेका छन् । उनले पाकिस्तानबाट उत्पन्न भएको आतंकवाद विश्वकै लागि खतरा भएको तर भारतबाट पाकिस्तानले खतरा मान्नु नपर्ने बताएका छन् ।

उनले जिन्नाको दुई राष्ट्र र सेख अब्दुल्लाको तीन राष्ट्र नीतिलाई भारतले खारेज गरेको भन्दै के इमरान पाकिस्तानमा धार्मिक फाँसिवादको अन्त्य गर्न सक्छ ? भनि प्रश्न गरेका छन् ।
यसअघि इमरान खानले ट्वीट मार्फत मोदी सरकारले अन्तराष्ट्रिय नियम उल्लंघन गर्दै कश्मीरमा नस्लवादी विचारधारा प्रयोग गरेको भन्दै विरोध जनाएका थिए । उनले युद्ध भए आफुँहरु एक थोपा रगत रहुन्जेल लड्ने चेतावनी दिएका थिए ।

भारतले पाकिस्तानलाई समिक्षा गर्न सुझाएको थियो
जम्मू–कश्मीरमा भारत सरकारले लिएको फैसलासँगै पाकिस्तानले कुटनीतिक सम्बन्ध नै तोड्ने निर्णय गरेको थियो । पाकिस्तानले भारतसँगको आर्थिक सम्बन्ध तोड्ने निर्णय लिएको थियो । साथसाथै पाकिस्तानले यातायात आउजाउका सबै (बस सेवा, रेल सेवा, हवाई सेवा) समेत बन्दको घोषणा गरेको थियो । पाकिस्तानको घोषणालाई भारतले भने पुर्नविचार गर्न सुझाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy