चितवन । जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन् । यस्तै सन् २०१९ को ६ महीनामा चार जना आमाले बच्चा जन्माइसकेका छन् । यसै वर्ष चार जना आमा बच्चा जन्माउने तयारीमा रहेका छन् । सङ्क्रमित भएको थाहा भएदेखि नै औषधि सेवन गर्दा औषधिका कारण बच्चामा र श्रीमान् वा श्रीमतीमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए ।
सन् २००७ मा केन्द्र स्थापना भएको हो । सङ्क्रमित आमाले नियमित औषधि खाएमा उनीहरुबाट जन्मिएको बच्चामा समस्या नदेखिने गरेको उनले जानकारी दिए । बच्चा बसिसकेपछि एचआइभी सङ्क्रमण देखिएका पाँच जना आमाले जन्माएको बच्चामा मात्रै सङ्क्रमण भेटिएको उनको भनाइ छ ।
केन्द्रको सम्पर्कमा रहेका १७५ जोडीले औषधि सेवन गर्दै बच्चा जन्माउने तयारीमा रहेका छन् । उनीहरु दुवै जना सङ्क्रमित हुन् । औषधिका कारण आफूहरुले सुरक्षित बच्चा जन्माउन सकेको सङ्क्रमितमध्येका एकले बताए । औषधिको सेवनले सङ्क्रमितको जीवन लामो हुने र बच्चा जन्माउन चाहेदेखि बच्चासमेत सङ्क्रमित नहुने उनको भनाइ थियो ।
केन्द्रको परामर्शअनुसार बच्चा जन्माउने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो रहेको छ । सन् २०१८ मा मात्रै १२ जना आमाले बच्चा जन्माएका थिए । तीमध्ये सङ्क्रमण ढिलो भेटिएकी एक आमाबाट जन्मिएका छोरालाई मात्र सङ्क्रमण भेटिएको थियो । सङ्क्रमण देखिने बित्तिकै औषधिको सेवन गर्न पाइन्छ । केही वर्षअघि सम्म औषधि प्रयोग गर्न कुर्नुपर्ने हुन्थ्यो ।
अस्पतालमा रहेको केन्द्रबाट ८९५ जनाले औषधि सेवन गर्दै आएका छन् । केन्द्रको सम्पर्कमा एक हजार ७२९ जना रहेका छन् । तीमध्ये कतिपयले आफ्नो पायक पर्ने स्थानबाट औषधि लिँदै आएका छन् । अस्पतालको सम्पर्कमा आएका आमाहरुमा चितवन, नवलपुर, मकवानपुर, धादिङ गोर्खालगायत जिल्लाका रहेका छन् । बढी सङ्ख्यामा चितवनको रहेका छन् । विसं २०७३ मा एक सङ्क्रमितले जुम्ल्याहा बच्चा जन्माएका थिए । उनीहरुमा पनि सङ्क्रमण देखिएको थिएन ।
केन्द्रबाट औषधि सेवन गर्नेहरुमा ४०८ पुरुष, ४२६ महिला र ६१ जना बच्चा रहेका छन् । तीमध्ये १२ समलिङ्गी र दुई जना तेस्रोलिङ्गी रहेका छन् । पुरुषहरुको मदिरा सेवन, ध्रुमपान लगायतका कारण सङ्क्रमणपछि चाँडो मृत्यु हुने गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: