Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रचण्डले किन भेटेनन् भारतीय विदेशमन्त्रि एस जयशंकरलाई ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आएका थिए । उनी मन्त्री भएसँगै पहिलोपटक नेपाल आएका हुन् । बुधबार नेपाल आएका जयशंकरले विभिन्न पार्टीका नेताहरुसँग भेटघाट पनि गरे ।

प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न दलका नेताहरुसँग भेटघाट गरिसकेका जयशंकरले सत्तारुढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालसँग भने भेट गर्न सकेनन् । उनले भेटका निमित्त निम्तो पठाएपनि दाहालले अस्वीकार गरेपछि भेट हुन नसकेको हो । द्धारिका होटलमा बसेका जयशंकरले भेटका निमित्त बिहिबार बिहान प्रचण्डलाई निम्तो पठाएका थिए ।

स्रोतले दिएको जानकारीअनुसार पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका सत्तारूढ दलका अध्यक्ष प्रचण्ड आफैं गएर भारतको विदेशमन्त्रीलाई भेट्दा कूटनीतिक मर्यादाविपरीत हुने भन्दै प्रचण्डले भेट गर्न अस्वीकार गरेका हुन् । यद्यपि जयशंकरले निम्तो पठाएको समयमा पार्टीको सचिवालय बैठक चलिरहेको भन्दै भेट्न नसक्ने जानकारी गराएका थिए ।

यसअघि २०७२ सालमा पनि प्रचण्डले जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । त्यतिबेला जयशंकर भारतका विदेश सचिवका रूपमा नेपाल आएका थिए ।

कुटनीतिक मर्यादा नभएका जयशंकर
नेपालमा संविधान जारी हुँदै गर्दा संविधान रोक्नका लागि असोज १ मा अहिलेका विदेश मन्त्री (तत्कालिन विदेश सचिव) जयशंकर टोलीसहित नेपाल आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेतालाई भेटेर पालैपालो संविधान रोक्न दबाब दिएका थिए । तर संविधान जारी भयो । उनको दबाब काम गरेन् । संविधान रोक्न नेपाल आएका जयशंकरले नेपाली राजनीतिक दलका नेतालाई गरेको व्यवहारका कारण कतिपय नेताहरु उनिप्रति असन्तुष्ट छन् । उनले गरेको व्यवहारबारे प्रचण्डले सञ्चारमाध्यम समक्षसमेत खुलेर आलोचना गरेका थिए ।

‘पाहुनाका रुपमा आफ्नै घरमा नआएको भए बीचैमा उठेर हिंड्नेजस्तो गरी ठाडठाडो कुरा गरे’, तत्कालीन एमाओवादीका अध्यक्ष प्रचण्डले बारम्बार भन्ने गरेका छन्, ‘म र बाबुरामजी (बाबुराम भट्टराई) दुईजना पूर्वप्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ पूर्वउपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेको व्यक्तिका अगाडि एउटा विदेशी सचिवले कुटनीतिक मर्यादाविपरीत कुरा गर्दा धेरै ठूलो पीडा भयो ।’

संविधान जारी पछि पुनः चैतमा जयशंकर नेपाल आएका थिए । सार्क विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका थिए । त्यतिबेला जयशंकरले प्रधानमन्त्री केपीशर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेता भेटे । मधेसी मोर्चाका नेतालाई आफू बसेकै होटलमा सामूहिक भेट दिए । तर प्रचण्डले भने उनीसँग भेट गरेनन् ।

जयशंकर काठमाडौँमा राजनीतिक भेटवार्तामा व्यस्त रहँदा प्रचण्ड दोलखामा थिए । प्रचण्डलाई जयशंकर आउँदै गरेको मात्र होइन, भेटका लागि समय माग गरिएको समेत थाहा थियो ।

जयशंकर भेट्नुको साटो उनी ‘पूर्वनिर्धारित’ कार्यक्रमका लागि भन्दै बिहानै दोलखा हानिए । प्रचण्ड जयशंकरसँग भेट्न चाहँदैनथे । संविधान रोक्न आउँदा जयशंकरले आफ्नै निवास लाजिम्पाटमा गरेको व्यवहारबारे प्रचण्डले पटकपटक सार्वजनिक रुपमै आक्रोश पोख्दै आएका छन् ।

देउवा र भट्टराईले होटलमै पुगेर भेटे
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराई र उपप्रधानमन्त्री उपेन्द्र यादवले भने द्वावारिकाज होटलमै गएर जयशंकरलाई भेटेका छन् । उनिहरुले बिहिबार बिहान भेटेका थिए ।

यसअघि बुधबार जयशंकरसँग काँग्रेस सभापति शेरबहादुर देउवाले होटलमै गएर भेटवार्ता गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा, भट्टराई र पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव कुटनीतिक मर्यादाविपरित जयशंकरलाई भेट्न पुगेका थिए ।

सम्बन्धित समाचार

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy