काठमाडौं । कैलालीको टीकापुरमा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति सत्तारुढ नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले भट्टराईलाई उत्तेजक भाषण गरेर सामाजिक सद्भाव बिथोल्न खोजेको आरोप लगाएका हुन् ।
गत भदौ ७ मा टिकापुरमा भएको एक सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले अहिलेको शान्तिलाई मुर्दा शान्ति भएको टिप्पणी गरेका थिए । उनले अधिकारका लागि विद्रोह गर्नुपर्ने बताएका थिए । भट्टराईले यसअघि भएको टिकापुर घटनालाई ‘थारु विद्रोह’ भनी टिप्पणी गरेका थिए ।
नेकपाको सुदुरपश्चिम इन्चार्जसमेत रहेका भीम रावलले सोमबार सामाजिक सञ्जाल ट्विटर मार्फत बाबुरामको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले भट्टराईको टिकापुर अभिव्यक्ति उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार भएको आरोप लगाएका छन् । रावलले भट्टराईलाई कति मानिस मारिएपछि सन्तुष्ट हुने भनि प्रश्न पनि गरेका छन् ।
गत भदौ ७ मा भएको सो सभामा डा. बाबुरामसँगै चर्चित लेखक खगेन्द्र संग्रौला, किशोर नेपाललगायत समाजवादी पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद भोगीरहेका रेशम चौधरी निर्दोष रहेको सभाका वक्ताहरुको भनाई थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: