काठमाडौं । बेला–बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई अभिव्यक्तिको कारण निकै विवादमा तानिन्छन् । उनले दिने अभिव्यक्ति कुनै सिंगै समुदाय वा कुनै संगठनविरुद्धमा सोझै केन्द्रित हुने गर्दा विवादमा आउने गर्दछ ।
पछिल्लो समय समता फाउण्डेशनको कार्यक्रममा बाबुरामले बोलेको अभिव्यक्ति अहिले निकै विवादमा तानिएको छ । उनले कार्यक्रमको उद्घाटन गर्दै गर्दा दलित समुदायलाई हिन्दु धर्म त्याग गर्न दिएको अभिव्यक्तिले सामाजिक सञ्जाल निकै तातेको छ । कार्यक्रमको उद्घाटन गर्दै गर्दा उनले भनेका थिए, ‘‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’
उनले दलित समुदायका अगुवालाई भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाई उद्धत गर्दै हिन्दु धर्मशास्त्र सच्याउन वा परित्याग मध्ये एउटा विकल्प खोज्न सुझाएका थिए ।
बाबुरामले सिंगो समुदायलाई आधारमा मानेर दिएको यस्तो अभिव्यक्ति अहिले निकै विवादमा तानिएको छ । बाबुरामको अभिव्यक्तिप्रति राजनीतिक वृत्तका चर्चित नेताहरु, मिडियाकर्मी, विभिन्न हिन्दु धर्मसँग सम्बन्धित संघ संस्थाका व्यक्तिले विरोध जनाएका छन् । उनको अभिव्यक्तिलाई आधार मानेर सामाजिक सञ्जालमा पनि वहस जमेको छ ।
बाबुरामको अभिव्यक्तिप्रति हिन्दु राष्ट्र बनाउनु पर्छ भन्दै लागेका राप्रपाका अध्यक्ष कमल थापाले निकै दुःख जनाएका छन् । उनले बाबुरामको अभिव्यक्ति आपराधिक र साम्प्रदायिक खालको भनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, ‘स्वंय भगवान श्रीकृष्णले गितामा जन्मको आधारमा होईन, गुण र कामको आधारमा समाज व्यवस्था गरेको उल्लेख छ । भ्रम सिर्जना गरेर सार्वजनिक रुपमा धर्मपरिवर्तन गर्न उस्काउने कार्य अपराध हो ।’
उनले बाबुरामको भनाईप्रति पुनः प्रतिक्रिया दिँदै धर्मले विभेद र छुवाछुत जस्ता कुप्रथा स्वीकार नगर्ने बताएका छन् । बाबुरामप्रति जवाफ दिंदै थापाले लेखेका छन्, ‘सनातन धर्मले कुनैपनि प्रकारको विभेद र छुवाछूत कुप्रथा स्विकार गर्दैन । विभिन्न कालखण्डमा शासकवर्गले आफ्नो स्वार्थ पुरागर्न सिर्जना गरिएको विकृति र विसंगतिलाई आधार मानेर सनातन धर्मप्रति नै भ्रम र घृणा पैदागर्न खोज्नु उपयुक्त होईन।बरु त्यस्ता विकृति हटाउन पहलगर्नु राम्रो हुनेछ ।’
गलगाँडको अपरेसन गर्नु मान्छे मार्नु हैन् : भट्टराई
समाजवादीका नेता डा. बाबुराम भट्टराईले कमल थापाको टिप्पणी प्रति जवाफ फर्काउँदै वर्णाश्रम व्यवस्थालाई उन्मुलन गर्नुपर्ने बताएका छन् । उनले हिन्दु धर्मको गलगाँड वर्णाश्रम व्यवस्था भएको पनि टिप्पणी गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘मान्छेको गलगाँडको अपरेसन गर्नु भनेको मान्छे मार्नु हैन । वर्णाश्रम व्यवस्था हिन्दू धर्मको गलगाँड हो । वर्णव्यवस्था उन्मूलन गर्नु भनेको हिन्दू धर्मको विरोध हैन बरू त्यसलाई बढी सुन्दर र ग्राह्य बनाउनु हो । धर्मको राजनीति गरेर दलितहरूको उत्पीड़न कायम राख्ने र जनता ठग्नेहरूलाई चेतना भया !’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: