पोर्चुगल । अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ ।
सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो गहिराइ पनि १ आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता वाचन गर्न सक्ने प्रतिभाशाली युवा कवि नवराज पराजुलीका कविता लिस्बनमा गुञ्जिँदा तालीले सत्कार गर्नाका साथै चर्चित कविता ‘सगरमाथाको गहिराइ’ वाचन गर्दा भने दर्शकदीर्घाबाट ‘वान्स मोर, वान्स मोर’ को माग पनि भयो ।
युरोप यात्रामा रहेका उनले पोर्चुगलमा ‘कविता कन्सर्ट’मा कविता प्रस्तुत गरिरहँदा दर्शकका तालीले कवि पराजुलीको लोकप्रियतालाई प्रमाणित गरेको थियो । लगातार पचपन्न मिनेटसम्म कविता वाचन गरेका उनले वाचन गरेका अन्तिम कविता ‘ह्यपी बर्थ डे’ ले स्रोतालाई भावुक मात्र बनाएन, सबैको आँखा पनि रसाएको देखिथ्यो । कवि आफैँले पनि गला अवरुद्ध पार्दै कविता वाचन गरेका थिए । ‘वामपन्थी लभ’, ‘रूख’ र ‘च्याउ’ कविताले पनि प्रशस्त ताली पाएको थियोे ।
पहिलो पटक भएको उक्त कन्सर्टमा स्रोताको सहभागिता उल्लेख्य हुनाका साथै आफूहरु पनि उत्साहित बनेको आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले बताए ।
प्रमुख व्यक्तित्व कवि पराजुलीको छोटो प्रतिक्रिया थियोे, “संसारकै उत्कृष्ट फुटबल स्ट्राइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन्, आज उनैको देशमा मैले कवितामा गोल हान्ने मौका पाएँ, खुशी छु ।”
नेपालको भूगोलसँग मिल्ने युरोपकै अर्को सुन्दर देश स्विजरल्यान्डमा फेवाको उचाइ नाप्ने र वा एडमन हिलारीको कथा प्रस्तुत गर्ने उनको अर्को तयारी थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: