विराटनगरमा । विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ । सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताए । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् ।
डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना जगाउँदै डेङ्गुको सङक्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ
डेङ्गु ज्वरोको नियन्त्रणका लागि घरको सरसफाइ, घरवरिपरि पानी जम्न नदिने, खाल्डो पुरेर राख्ने, पानी जथाभावी जमाएर नराख्ने, बोतल वा फूलदानीमा पानी नराख्ने, घर अगाडि बाटोमा भएका टायर र ड्रमहरुमा पानी जम्न नदिने र आफूले थाहा पाएको सरसफाइसम्बन्धी जानकारी छिमेकीलाई दिएमा यसको नियन्त्रणमा सहयोग पुग्ने सुझाव डा ज्ञावलीको छ ।
अस्पतालमा आजसम्म डेङ्गु पहिचान गर्ने किटको भने अभाव नरहेको उनले जानकारी दिए । डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर पूरा छोपिने, कपडा लगाएर हिँड्ने, सुत्केरी, बच्चा र सबैले झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन् ।
उच्च ज्वरो आउनु, शरीरका जोर्नीहरु दुख्नु, आँखाका गेडीहरु दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको भन्ने बुझनुपर्ने र यस्ता खाल्को लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: