Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

अब अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष

काठमाडौं । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ ।

महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ ।

तर, अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराधअनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अबको भवन कसुरअनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना निर्माण हुने बताउछन् । प्रहरीको उक्त भवनमा हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु राखिनेछ । परिसरमा ३०० र महाशाखाका १५० जना राख्न मिल्ने गरी भवन बन्दैछ ।

“अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुनुपर्छ, कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाइ नहोस्, मैले मेरो प्रहरीलाई सूचना दिन आएको हुुँ भन्ने महसुस हुने गरी छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाइन्छ ।”

‘गोरखा भूकम्प’ लगत्तै अपराध महाशाखा र प्रहरी परिसर विस्थापित भयो । भूकम्पपछिको चार वर्ष कष्टकररूपमा बिताएको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाको नयाँ भवन निर्माणको आजदेखि औपचारिक थालनी भएको छ । दुई वर्षभित्र कामसक्ने लक्ष्य यसको छ ।

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयले दिएको जानकारीअनुसार अपराध महाशाखाको भवन रु ३० करोडमा बन्दैछ । महानगरीय प्रहरी परिसरको भवन भने रु ६५ करोडको लागतमा निर्माण हुनलागेको हो । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले १५ रोपनीमा परिसर र नौ रोपनीमा महाशाखा निर्माण हुने जानकारी दिए ।

भूकम्प गएलगत्तै हनुमानढोकाबाट महानगरीय प्रहरी परिसर र एकाएक टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशनको पुरानो भवनमा सरेको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखा भने त्यसैको छेउमा पार्टी प्यालेस नजिक टेन्ट टाँगेर बसेको छ । अहिले त टेन्ट घामपानी ओत्ने अवस्थाको छैन । च्यातिएको त्रिपालमा बसेर अपराध अनुसन्धान गर्दै आएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा अब बन्ने भवन भने आधुनिक प्रविधिसहितको वर्तमान आवश्यकतालाई मध्यनजर गरी बन्न लागेकाले काम गर्न र सेवा दिन सहज हुने बताए । भवन दुई वर्षभित्र बन्नेछ ।

आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश आदिको व्यवस्थापन गरिनेछ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै अण्डरग्राउण्ड पार्किङकोसमेत व्यवस्था गरिने निर्देशनालयका प्रहरी उपरीक्षक रामकुमार चौधरीले जानकारी दिए ।

नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवन

यस्तै नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवनको समेत निर्माण प्रक्रिया शुरु भएको छ । यहाँ ७५० जना क्षमताको अडिटोरियम हल, गेम हलसहितको भवन बन्नेछ ।

अत्याधुनिक सुविधासहितको मुख्य हल र अन्य दुई कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिने प्रहरीले जनाएको छ । यसको लागत भने रु ३५ करोडको रहेको निर्देशनालयका प्रहरी उपरीक्षक रामकुमार चौधरीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending