Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

मापदण्ड नहुँदा घरभाडा दर उच्च

बाँके । आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो, जुन व्यवहारमा लागू हुनसकेको छैन ।

सुर्खेतरोडको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, न्यूरोड क्षेत्रमा बसोबास गर्नेले कोठाको क्षेत्रफलका हिसाबले भाडा तिर्नुपर्ने भनिएको थियो । जानकारहरुका अनुसार विकसित शहरमा घर बनाउनुको उद्देश्य खुलाउनुपर्छ । सोही आधारमा कर लिने व्यवस्था छ । तर, नेपालगञ्जमा त्यस्तो कुनै व्यवस्था छैन । पछिल्ला दुई वर्षयतादेखि नेपालगञ्जमा घरभाडा दर उच्च हुँदै गएको छ । झण्डै काठमाडौँसरह नेपालगञ्जको घरभाडाको मूल्य पुगिसकेको छ ।

घरधनीले एकातिर घरभाडा महङ्गो बनाएका छन् भने अर्कोतिर कागजीरूपमा घरभाडा सस्तो देखाएर सरकारलाई राजश्व ठगिरहेका छन् । महङ्गीको मारमा तल्लो तहका कर्मचारी निम्न वर्गीय जनता र विद्यार्थी परेका छन् । विगतमा एकीकृत नेकपा माओवादीबाट अलग भएको नेकपा–माओवादीले महङ्गो घरभाडाका कारण बाँकेमा धेरै दिनसम्म कार्यालय खोल्न सकेको थिएन । कार्यालय सञ्चालनका लागि आवश्यक कोठा खोज्न सो पार्टीका नेता नेपालगञ्जका प्रायः घरमा पुगिसके पनि महङ्गो भाडाका कारण घर लिन नसकेर धेरै दिन कार्यालयविहीन थिए । यो एउटा उदाहरण मात्र हो ।

बैंक, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था भित्रिएपछि नेपालगञ्जका घरधनीले घरभाडा दोब्बर–तेब्बर वृद्धि गरेका छन् । नेपालगञ्जमा पछिल्लो समय घरधनीले न्यूनतम रु चार हजारदेखि मासिक रु एक लाखभन्दा बढी घरभाडा असुलिरहेका छन् । अधिकांश बैंक रहेको सुर्खेतरोडमा मध्यमवर्गीय सर्वसाधारण र उद्योगी व्यवसायीले कोठाभाडा लिनसक्ने अवस्था छैन । न्यूरोड, त्रिभुवनचोक, बसपार्क, पुष्पलालचोक, बिपीचोक वरपर घरभाडाको मूल्य धेरै छ । अधिवक्ता पदम पाण्डेका अनुसार एक वर्षयता यहाँको भाडा अत्यधिक वृद्धि भएको छ ।

प्रत्येक घरधनीले घरभाडाको दुई प्रतिशत घरबहाल कर तिर्नुपर्छ । तर, उपमहानगरपालिकाले वार्षिक नौ लाख घरबहाल करभन्दा बढी असुली गर्न सकेको छैन । उपमहानगरका प्रशासकीय अधिकृत हरि प्याकुरेल भन्छन्, “नेपालगञ्जमा अधिकांश घरहरु भाडामा दिएका छन्, तर कर भने रु नौ लाख मात्र उठ्छ, घरधनीले कतिसम्म ठगी गरिरहेका छन् भन्ने यसैले पुष्टि गर्छ, घरधनीले भाडामा बस्ने व्यक्ति, सङ्घसंस्था तथा फर्मसँग धेरै भाडा असुल गरेर उपमहानगरपालिकालाई थोरै रकमको सम्झौता देखाउने गरेका छन् ।” राजनीतिक दलहरुको सहयोग भए घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने नागरिक समाजका अगुवा भोला महत बताउछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE