गलेश्वर । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गर्नुभएको हो । उहाँले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको ४४औँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले अध्यक्ष पुनले प्रदान गरेको रु एक लाख विद्यार्थीलाई वितरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै मन्त्री पुनले अध्यक्षको सहयोगले गरीब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठूलो सहयोग पुग्ने बताए । प्रदेश सरकारले शैक्षिक क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा जोड दिएकोसमेत उनले बताए।
गाउँपालिकाका अध्यक्ष पुनले घोषणाअनुसार आफूले पाउने सेवा सुविधाबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ज्ञानप्रकाश माविका छात्र एलिस पाइजालाई रु ५० हजार र सोही विद्यालयकी एलिना बैरागी र मुक्तिमार्ग मावि घारकी पवित्रा खड्कालाई जनही रु २५ हजारका दरले ५० हजार गरी तीन विद्यार्थीलाई रु एक लाख सहयोग गरेका हुन् ।
आर्थिक अभावका कारण विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनी हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष पुनले बताए । गाउँपालिकाबाट पाउने सेवा सुविधासमेत नलिएका उनले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताए । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालनसँगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: