ललितपुर । पाटन मङ्गलबजारमा अवस्थित हरिशङ्कर र चारनारायण मन्दिर यसपालि बडादशैँको नवमीभित्र खुल्ने भएका छन् । विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएका यी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणको काम सम्पूर्ण समाप्त भइसकेको छ ।
ढोकामा चुकुल हाल्ने, निर्माणका लागि जोडिएका सामग्री झिक्ने र मन्दिर सफासुग्घर गर्ने काम बाँकी रहेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । “नजीकै आइरहेको बडादशै टीकाको अघिल्लो दिनसम्म दुवै मन्दिर खुलाउने योजना अघि बढाएका छौँ”, खनालले भने“मन्दिरमा ससानो काम बाँकी रहेकोले त्यसतर्फ कालिगढहरु निर्माण सम्पन्न गर्न लागिरहेका छन् ।” ती दुई मन्दिर पुनः निर्माणको सम्पूर्ण जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले लिएको छ ।
भूकम्प गएको एक वर्षपछि पाटन दरबार क्षेत्रका अरु स्मारकसँगै यी मन्दिर पुनः निर्माण शुरु भएको दरबार सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए । “तीनतले हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणमा अधिकांश पुरानै सामग्री प्रयोग गरिएको छ”, लाखेले भने “ अपुग भएका सामग्री मात्र नयाँ खरीद गरी प्रयोग गरेका हौँ ।” विश्वसम्पदा सूचीको ३५ औँ स्थानमा सूचीकृत ती मन्दिरमा धार्मिक रुपमा सर्वसाधारणको आवतजावतले पाटनको गरिमा झन् बढ्ने भएको छ ।
पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले १८ औँ शताब्दीमा हरिशङ्कर मन्दिर निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ । हिन्दू धर्मावलम्बीले हरिशङ्करलाई शिव र विष्णुको संयुक्त स्वरुपका रुपमा पुज्ने गर्छन् । सोह्रौँ शताब्दीको अन्तिममा इँटैइँटाले निर्माण भएको चारनारायण पाटनको सबैभन्दा पुरानो मन्दिर हो । हिन्दू धर्मावलम्बीले नारायणलाई विष्णुको स्वरुपमा पुज्ने गर्छन् ।
आफ्नो टोलमा मन्दिर पुनःनिर्माण अघि बढेसँगै प्राचीन कलाको महत्व झल्किनाका साथै त्यसमा गुणस्तर छ या छैन भनी बेलाबेलामा आवाज उठाउने गरेको ‘मास्टर बा’ रामप्रसाद अमात्यले बताए । अमात्यले भने, “जसरी एउटा घर मालिकले निजी भवन निमार्णमा ध्यान दिन्छ त्यसैगरी पुरातात्विक महत्वका वस्तु निर्माणमा स्थानीयवासीले सरोकार र छलफल गरी चासो बढाए चाँडो र राम्रो नतिजा पाउन सकिने हुँदा समय समयमा निरीक्षण गर्ने गर्छु ।”
यसैगरी व्यापारीका देवता भीमसेन मन्दिर निर्माणमा पनि स्थानीयवासीले सरोकार राखी काम अघि बढाएका छन् । पाटन दरबार परिसरमा रहेका अन्य प्रसिद्ध कृष्णमन्दिर, विश्वनाथ मन्दिर, पाटन दरबार सङ्ग्रहालयका तीन चोक, बहादुर शाह भवन, सिंहस्तम्भ, योगनरेन्द्रको शालिक स्तम्भ, मणिमण्डप र तलेजु भवानी मन्दिर पुनः निर्माणको काम समाप्त भइसकेको पाटन दरबार हेरचाह कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कानुसार ललितपुरमा पूर्ण क्षति ३१, आशिंक क्षति ६८ र सामान्य क्षति भएका ४५ गरी कूल १४४ स्मारकमा भूकम्पले क्षति पुर्याएको थियो । सो दरबार क्षेत्रको हकमा ९० प्रतिशत काम सम्पन्न भइसकेको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । पाटनमा मन्दिर निर्माणको कामले गति लिएसँगै स्वेदशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । गत वर्ष दुई लाख पर्यटकले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका थिए । यस वर्ष सोभन्दा दोब्बरले पाटन अवलोकन गर्ने अनुमान दरबार सङ्ग्रहालयले गरेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: