एजेन्सी । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ।
अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा उक्त कुरा उल्लेख छ। जसअनुसार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई आफ्ना घरेलु राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए।
सार्वजनिक गरिएको पछिल्लो उजुरीमा भनिएको छ, फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा राखिएको थिएन।
त्यसको साटो विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने अलग्गै कम्प्युटर प्रणालीमा त्यो राखिएको उजुरीमा उल्लेख छ।
अमेरिकी तल्लो सदनकी डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक अनुसन्धान पार्टीले अघि बढाएको घोषणा मङ्गलवार गरेकी थिइन्।
उनले ट्रम्पमाथि जो बाइडनको छवि धमिल्याउन विदेशी सहयोग खोजेको आरोप लगाएकी छन्।
बाइडन सन् २०२० मा हुन लागेको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने दौडको अग्रपङ्क्तिमा छन्।
ट्रम्पले त्यसो गराउन युक्रेनलाई अमेरिकाले दिने सैन्य सहायतालाई अस्त्र बनाएको पेलोसीको आरोप छ।
ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग फोनमा कुरा गर्नुअघि सैन्य सहायता आफूले रोकेको स्वीकार गरेका छन्।
तर बाइडनविरुद्धको अनुसन्धानको निम्ति युक्रनलाई दबाव दिन त्यसो नगरेको उनको भनाइ छ।
अमेरिकी तल्लो सदनका सदस्यहरूले त्यो उजुरी हप्तौसम्म आफूहरूसम्म पुग्न नदिनुको कारणबारे देशका सबैभन्दा उच्च गुप्तचर अधिकारीसँग सोधेपुछ गरेका छन्।
न्याश्नल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोजेफ मग्वाएरले समितिसमक्ष भने, राष्ट्रपतिविरुद्धको उजुरी भए पनि कानुनअनुसार मैले सबभन्दा पहिले ह्वाइट हाउसलाई जानकारी गराउनुपर्छ।
उनले संसद्को गुप्तचरसम्बन्धी समितिलाई आफूले उजुरीकर्ता राजनीतिक परिबन्धको शिकारु भएको भन्ने ट्रम्पको टिप्पणी आफूले शेयर नगरेको बताए।
अधिकारीहरूले सदिच्छापूर्वक कदम उठाएको र उचित काम गरेको उनको भनाइ थियो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: