Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

बजेट भाषणमा विकास र समृद्धिका ठूला कुरा धेरै सुनिएः शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले सरकारले बजेट भाषणमा विकास र समृद्धिका ठूला नारा घन्काए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको बताएका छन् । पोखरेलले विकास आयोजनाहरूलाई विगतभन्दा कम प्राथमिकतामा राखिएको आरोप लगाउँदै साधारण खर्च कटौतिको घोषणा गरिए पनि व्यवहारमा खर्च वृद्धि गरिएको उल्लेख गरेका छन् । 

त्यस्तै, विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने वाचा गर्ने सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाएको भन्दै उनले आलोचना गरेका छन् । कृषि तथा वन मन्त्रालयको बजेट कटौतिले उत्पादन वृद्धि र आत्मनिर्भरताभन्दा रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई प्राथमिकता दिएको सन्देश गएको उनको भनाइ छ ।

पोखरेलले बजेटमा करको दर निर्धारण र राजस्व लक्ष्यबीच कुनै सन्तुलन नरहेको दाबी गरेका छन् । बजेटले यथार्थतालाई स्वीकार गर्न नसकेको उल्लेख गर्दै उनले २३ र २४ भदौमा भएको विध्वंसपछि उत्पन्न असुरक्षा र भयलाई सम्बोधन गर्नुपर्ने बेला गृह मन्त्रालयको बजेटसमेत घटाइएको बताएका छन् ।

उनले शान्ति सुरक्षाको अभावमा लगानी प्रवर्द्धन र रोजगारी सिर्जना सम्भव नहुने उल्लेख गर्दै बजेट भाषणमा सुनिएजस्तै व्यवहारमा पनि कार्यक्रम आएको भए राम्रो हुने टिप्पणी गरेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि बजेटः किसानका लागि सपना, व्यापारीका लागि अवसर

“कागलाई बेल पाक्दा हर्ष न विस्मत” को पुरानै नियति

बजेटमा महिला : ‘ब्लु बस’ देखि सुत्केरीको उद्धारसम्म, स्वास्थ्यकर्मीको भत्ता पनि दोब्बर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकताम...

विद्वान् अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो : बाबुराम भट्टराई

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक ...

बजेट भाषणमा विकास र समृद्धिका ठूला कुरा धेरै सुनिएः शंकर पोखरेल

काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले सरकारले बजेट भाषणमा विकास र समृद्धिका ठूला नारा घन्काए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको ...

तीन देशका नेपाली दूतावास र एक शाखासहित दुई महावाणिज्य दूतावास खारेज

काठमाडाैं । सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेन...

कुन मन्त्रालयलाई कति बजेट ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा पूर्वाधार, शिक्षा, ऊर्जा र स...

एकताकाे सात महिनापछि पनि नेकपा ‘एक’ भएन, संगठन अझै दुई धारमै

काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। शीर्ष नेत...

प्रधानमन्त्रीमाथि कांग्रेसको प्रहार: ‘बहुमतको बलमा गैरजिम्मेवार ढंगले सरकार चलाइँदै’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह जनताप्रति जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद र सार्वजनिक उत्तरदायित्वप्रति...

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्ने ...

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending