काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गोरखाको गाउँमा बसेर अर्थमन्त्रीको बजेट भाषण सुन्दा आफूलाई ‘रोमाञ्चक अनुभूति’ भएको उल्लेख गरेका हुन्।
भट्टराईले बजेटमा प्रयोग गरिएको शब्द चयन र प्रस्तुति शैली फरक रहेको टिप्पणी गर्दै नीति तहमा प्रविधिमैत्री नयाँ पुस्ता, निजी क्षेत्र, विदेशमा रहेका नेपाली तथा कर्मचारी वर्गलाई आकर्षित गर्ने प्रयास गरिएको बताए।
उनले बुढीगण्डकी जलविद्युत् आयोजना अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने सरकारी घोषणा सकारात्मक कदम भएको प्रतिक्रिया दिए। उक्त मोडालिटी आफूले सुरुदेखि नै प्रस्ताव गरेको स्मरण गराउँदै लामो अन्योलपछि सरकार त्यसतर्फ उन्मुख भएकोमा केही सन्तोष लागेको उल्लेख गरे।
यद्यपि, बजेटको समग्र संरचनात्मक पक्षमा भने उनले प्रश्न उठाएका छन्। आय–व्ययको सन्तुलन, राजस्वका स्रोत, क्षेत्रगत विनियोजन तथा वित्तीय संघीयताको ढाँचामा अपेक्षित परिवर्तन नदेखिएको उनको भनाइ छ।
भट्टराईले बजेट वक्तव्यमा उल्लेख गरिएका संरचनात्मक सुधारका योजनाहरू कसरी कार्यान्वयन हुन्छन् भन्नेमा आशंका व्यक्त गर्दै निरन्तरताभन्दा फरक खालको स्पष्ट क्रमभंगता नदेखिएको टिप्पणी गरेका छन्। त्यससँगै उनले बजेटकाे सफल कार्यान्वयनका लागि शुभकामना पनि दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १५ गते, २०८३ - २२:१३
“कागलाई बेल पाक्दा हर्ष न विस्मत” को पुरानै नियति
जेष्ठ १५ गते, २०८३ - २२:१२
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकताम...
जेष्ठ १५ गते, २०८३ - २२:०१
काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक ...
जेष्ठ १५ गते, २०८३ - २१:३४
काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले सरकारले बजेट भाषणमा विकास र समृद्धिका ठूला नारा घन्काए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको ...
जेष्ठ १५ गते, २०८३ - २१:२९
काठमाडाैं । सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेन...
जेष्ठ १५ गते, २०८३ - २१:२३
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा पूर्वाधार, शिक्षा, ऊर्जा र स...
जेष्ठ १५ गते, २०८३ - ०८:०६
काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। शीर्ष नेत...
जेष्ठ १५ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह जनताप्रति जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद र सार्वजनिक उत्तरदायित्वप्रति...
जेष्ठ १५ गते, २०८३ - ०७:५२
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्ने ...
जेष्ठ १५ गते, २०८३ - ०७:४९
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान ...



प्रतिकृया लेख्नुहोस्: