Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

पार्टी एकतामा हात्ती छिराइसकेका छाैं, पुच्छर मात्र बाँकी छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका कामहरु टुंगो पुर्याउन आफूहरु ढिलो भएको भन्दै १० लाख मान्छेहरु एक वर्षसम्म जिम्मेवारविहिन बस्नुले पार्टीलाई क्षति पुगेको बताएका छन् । सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एक वर्ष निष्कृय बस्ने भनेको निकै ठूलो क्षति हो, जुन हामीलाई भइसकेको छ । हामीले करिब करिब हात्ति चैं छिराइसकेका छौं, पुच्छर मात्र बाँकी छ, सजिलै छिर्छ ।’

उनले प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा देशको राजनीतिक रंग असाधारण ढंगले बदलिएको बताए । प्रचण्डले भने, ‘असोज १७ गते अब पार्टी नै एउटै बनाउने भनेर चुनाव लड्ने घोषणा गर्नुभन्दा अगाडि देशको राजनीति यसरी जाला, कम्युनिष्ट पार्टी यति लोकप्रिय मतसहित देशको शक्तिशाली नेताको रुपमा आउला भनेर देशभित्रका र बाहिरका मानिसहरुले सोचेका थिएन् ।’

\"\"

अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले उक्त कुरा सोच्न पनि नभ्याएको उल्लेख गरे। ‘बुर्जुवा प्रतिक्रियावादीहरुले त कल्पना समेत गरेका थिएनन्, ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन संसारमा स्थापना भएदेखि यहाँसम्म थुप्रै क्रान्तिका प्रक्रिया हुँदै असाधारण एकता प्रक्रियामार्फत राज्यको नेतृत्व गर्ने र विश्वलाई नै एउटा उदाहरण प्रस्तुत गर्लान् भनेर मान्छेले सोचेका थिएनन् ।’ नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनले धेरै ठूलो त्याग र तपस्यापछि आजको यो स्थिति कायम उनको भनाई थियो ।

उनले भने ‘हामी अगाडि बढेपछि भूत प्रेतहरुको हालत के होला ? ती भूत प्रेतहरुलाई कसरी मन्सिन पर्छ हामीलाई थााहा छ । हिजो भूत पुरेर आएका हौं ।’

त्यसैगरी अध्यक्ष प्रचण्डले दोलखाको जिरी नगरपालिकाको भवन समुद्घाटन कार्यक्रमलाई आज दिउँसो सम्बोधन गर्दै जिरीको विकासमा ध्यान नपुगेको आफू दोलखा पुगेपछि महसुस भएको बताए । नेपाल बहुजातिय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको भन्दै जिरीमा भएका बहुसांस्कृतिक विषयले नयाँ सन्देश दिएको उनको भनाई थियो।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending