Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ : मन्त्री पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् ।

बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले त्यस्तो बताएको हो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए।

मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे। टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उनले उल्लेख गरे। राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरी खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने उनले बताए।

टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित सम्मिश्रण रहेको प्रति खुसी व्यक्त गर्दै मन्त्री पोखरेलले वरिष्ठ खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरे। उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे।

मन्त्री पोखरेलले भन्नुभयो, “राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन भन्नेमा म आत्मआलोचना गर्न चाहन्छु । तर उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहनेछ । तपाईंहरूले मैदानमा देखाएको सुधार र मेहनत तारिफयोग्य छ । आज यो हलमा देखिएको ऊर्जा र आत्मविश्वासले यस पटक हामी उपाधि जितेरै आउँछौँ भन्नेमा म पूर्ण विश्वस्त छु । मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोस्, जित अवश्य सम्भव छ । तपाईंहरू च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वागत गर्न म स्वयं उपस्थित हुने प्रतिज्ञा गर्दछु ।”

बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का पदाधिकारी, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का प्रतिनिधि र खेलाडीको उपस्थिति रहेको थाहा भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माग पूरा नभएको भन्दै श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। पार्टीले आफ्नो माग सम्बोधन नगरी सभामुखले संसद्को कारबाही अघि बढाएको भन्दै बैठ...

विपक्षीको नाराबाजीकै बीच निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत

काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले...

विपक्षीलाई पेलेर अघि बढे सभामुख

काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...

सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ : मन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...

एमालेले मीनबहादुर गुरुङको भवन प्रस्ताव फिर्ता गर्ने, बल्खुमै नयाँ कार्यालय बनाइने

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने भनेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले जग्गासहित ...

एमाले पदाधिकारीको वरीयता: योगेश तेस्रो उपमहासचिव हुँदा महेश बस्नेत नवौं सचिव

काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अघि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ता...

प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख  डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १२.३६ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...

श्रमिकलाई ‘भिखारी’ जस्तो व्यवहार हुने अवस्था अन्त्य गर्न सांसद आचार्यको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending