बाँके । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।
उनका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । उनीहरु टाँगा, रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रिने गरेका छन् । यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ ।
नेपालगञ्जबाट दिल्लीको लागि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्दै आएको भेरी यातायात प्रालि नेपालगञ्जका अध्यक्ष राजेन्द्र गिरीले अहिले दिल्लीबाट नेपाल फर्किने बस यात्रुले भरिभराउ हुने गरेको बताए । भारतका अन्य शहरबाट नेपालको दाङ, कपिलवस्तु, बुटवललगायतका स्थानमा सञ्चालन हुने सीधा बस सेवामा समेत अहिले यात्रुको चाप बढिरहेको उनको भनाइ छ ।
नेपाल प्रहरीले भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि जमुनाहा नाकामा सहायताकक्ष स्थापना गरेको छ । भारतीय सवारी साधनबाट रुपैडिहा आइपुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी नायब निरीक्षक रिजालले जानकारी दिए ।
घर फर्किने नेपालीहरु रिक्सा, टाँगावालाबाट ठगिन नदिन नेपालगञ्ज बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको उनको दाबी छ । होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालको भनाइ छ । भारतको सिमलाबाट घर फर्किदै गरेका सल्यान बनघार कुपिण्डे नगरपालिकाका नरबहादुर सुनारले सीमानाकामा नेपाली प्रहरीले राम्रो व्यवहार गरेको बताए। आफूहरु सजिलैसँग नेपालगञ्ज पुगेको उहाँले जानकारी दिए ।
रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ पर्व मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमानानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।
दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको समेत उहाँले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: