Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सन्दीप दुई ठूला प्रतियोगितामा अहिलेसम्मकै महंगो मुल्यमा अनुबन्धित

काठमाडौँ । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई एकैदिन दुईवटा खुशी मिलेको छ । बुधबार राति मात्र सन्दीप छुट्टाछुट्टै दुईवटा ठूला प्रतियोगितामा महंगो मुल्यमा अनुबन्धित भएका छन् ।

सन्दीप बुधबार राति इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता तथा युएईमा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिगमा महँगो मुल्यमा अनुबन्धित भएका छन् ।

‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड ९एक करोड ४६ लाख० नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

यसैगरी सन्दीप टी–१० लिगमा पनि महँगो मुल्यमा अनुबन्ध भएका छन् । डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले किनेको हो । लिगमा सन्दीपले क्यारागोरी ‘ए’ मा पर्ने खेलाडीको मुल्य ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि टेन खेलेका थिए । त्यतिवेला उनले ६ खेल खेल्दै ६ नै विकेट लिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending