काठमाडौं । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन पछिल्लो दुई दिनदेखि मुम्बईको नानावटी अस्पतालमा भर्ना भएको खबर अफवाह सावित भएको छ । बिहिबार बेलुका एक अंगेजी वेभसाइटले बच्चन कलेजोमा समस्या आएपछि अस्पताल भर्ना भएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । यद्यपि यो खबर गलत सावित भएको छ ।
अमिताभ बच्चनका मेकअप आर्टिस्ट दीपक सांवतले उनि बिरामी भएको खबर गलत भएको भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनले भनेका छन्, ‘जुन वेभसाईटले उहाँ बिरामी भई भर्ना भएको खबर फैलायो यो उसको गैरजिम्मेवारी काम हो । त्यो वेभसाईटको विश्वसनियतामाथि पहिलादेखि नै प्रश्न उठ्दै आएको थियो ।’ सांवतले भने, ‘अमिताभको उमेरअनुसार उहाँ नियमित जाँचको लागी अस्पताल गईरहनु हुन्छ । त्यहि चेकअपको कुरालाई बढाएर खबर बनाइएको छ । यो गलत हो ।’
यसरी सिर्जना भयो अफबाह
केहि दिनदेखि ‘कौन बनेका करोडपति’को लागि कुनै भिडियो सुट भएको छैन् । अहिले सबै कर्मचारीलाई बिदा दिइएको छ । अमिताभका मेकअप आर्टिस्टले कार्यक्रम केहि दिन रोकिएको आधारमा अफबा फैलाइएको जनाए । उनले केहि दिन पछि नै ‘केबीसी’ को कार्यक्रम सार्वजनिक हुने पनि जनाए ।
जानकारीअनुसार रणबीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’को शुटिङको लागि अमिताभ बच्चन विदेशसमेत जाँदैछन् ।
अमिताभको कलेजोमा असमान्य समस्या छ
महत्वपूर्ण त कुरा अमिताभ बच्चनमा कलोजोको गम्भीर समस्या छ । उनको कलेजो ७५ प्रतिशत जति बिग्रिसकेको छ । उनको कलेजोले २५ प्रतिशत मात्रै काम गरेको छ ।
मुम्बईको ब्रेच क्यान्डी अस्पतालमा भएको दुर्घटनापछि अमिताभको उपचारमा लापबाही हुँदा उनीमा हेपाटाइटिस–बीको संक्रमण फैलिएको थियो । उनलाई रगत दिँदा संक्रमित रोगीको रगत दिइएपछि उनको कलेजोमा समस्या रहँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: