Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सी भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपियो

\"\" काठमाडाैं । चीनका राष्ट्रपति सी जिनफिङको ऐतिहाँसिक नेपाल भ्रमण ‘गेस्चर’ मात्र हो । यसको मतलब तिमिले जाँगर चलायौं, वास्तबमा राष्ट्रिय हितमा चासो राख्यौ भने सबै कुरा सम्भव छ भन्नु हो । यसको अतिरिक्त चिनियाँहरुले सकारात्मक काम भनेको उनीहरुले निसर्त सहायेग गर्छन् । सीको भ्रमणमाबेला तीन बर्षकोलागि घोषणा भएको ५६ बजेटरी सहयोग हो । सो बजेट शिक्षा, स्वास्थ्य र सामाजिका सेवा प्रदान गर्न भनिएको छ । देशकै मुख्य समस्या समाधानकोलागि आर्थिक सहयोग गरेको छ । वास्तवमा उनीहरुले नेपाललाई दिएको सहयोग सकारात्मक सहयोग हो । यी सबै कुराले हामीलाई उत्साही बनाएको छ । अति व्यस्त मुलुकको प्रमुख व्यक्ति दक्षिण एसियाको भ्रमणको क्रममा नेपालमा पनि आउनु सकारात्मक पक्ष हो । यसले विश्व जगतमा जगतमा चीनले नेपालप्रति सकारात्मक सोच राखेको रहेछ भन्ने संदेश प्रवाह गरेको छ । अबको केहि महिनामा नेपाल भ्रमण बर्ष शुरु हुदै छ । पर्यटन विकासको लािग जति सकेको पर्यटन नेपाल ल्यउने भनिएको छ । चीन यस्तो राष्ट हो । त्यहाँको पर्यटन उद्योगमा राज्यले नियन्त्रण गरेको हुन्छ । सीले भनेको जस्तै नेपाल भ्रमणमा चिनियाँ नागरिकहरु नेपालप्रति अकर्षित भए भने नेपालको पर्यटन विकासमा ठुलो टेवा पुग्छ । सहमति कार्यन्वयनमा चुनौति राष्ट्रपति सीको नेपाल भ्रमणबाट हामी जति उत्साही छौं दुईदेशबीचको सहमति कार्यन्वयनमा त्यतिनै चुनौति रहेको छ । दुईदेशबीचको सम्बन्धलाई रकमको हिसाबले मात्रै हेर्न थाल्यौं भने नेपाल ठुलो जोखिमको भुमरीमा फस्न सक्छ । नेपाललाई सहायेग गर्ने क्रममा अमेरिकाले ५५ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । चीनले तीन बर्षको लागि ५६ अर्ब दिने घोषणा गर्यो । आर्थिक सहयोगको विषयमा चीन र अमेरिकाबीच एकप्रकारले होडबाजी चलेको देखिन्छ । नेपलमाथिको नीतिमा दुई धुव्रबीचको झिना झम्टी रहेको छ । सरकारले ठोस किसिमबाट नीति लिएर अगाडि बढाउन सकेन भने नेपाल अफगानस्थान बन्ने खतरा छ । सरकारले सन्तुलित सम्बन्ध विस्तारमा ध्यान दिनुपर्छ सबभन्दा पहिले हामीले भूराजनीतिक विषयबस्तुलाई प्राथमिकतामा राख्नु पर्छ । नेपाललाई समृद्ध र विकसित बनाउन आन्तरिकरुपले नै तयारिकासाथ अगाडि बढ्नु पर्छ । नेपालको आर्थिक नीति कस्तो बनाउने भन्नेबारे बिज्ञ र राजनीतिज्ञहरुलाई राखेर व्यापकरुपमा छलफल गरी एउटा फ्रेम बनाएर अगाडि बढ्नु पर्छ । अर्को नेपालको भूराजनीतिक अवस्था हेरेर उपयुक्त तयारी गर्नु पर्छ । हामीले चीनको बिआरआइ वा अमेरिकाको इन्डो–प्यासेफिक रणनीति जे भनिएपनि दीर्घकालिनरुपमा उनीहरुको टार्गेट भनेको मुस्ताङमा रहेको युरिनियम खानिलाई कब्जा गर्नु हो । सबैको ध्यान मुस्ताङको युरिनियमको खानी हो । त्यसको निमित्त सबै संजालहरु बनिरहेको छ । भौतिक संरचनाहारु तयार गरिदै छ । मुस्ताङसँग चीनको सिमा जोडिएको छ । त्यसमापनि युरिनियम खानी भनेपछि चीनको इन्ट्रेस स्वभाविकरुपले रहन्छ । त्यत्रो ठुलो खानिलाई आफ्नो प्रभावमा पार्न भारतदेखि अमेरिकासम्म चुप लागेर त बस्दैन । यसले गर्दा हामी अफगानस्थान बन्ने सम्भावना उच्चरुपले बढेको छ । इण्डो–प्यासेफिक रणनीति अन्तर्गत अमेरिकनहरुले मुस्ताङमा रक क्लाइम्बिङ गर्ने नाममा त्यहाँ पुगेर आएका छन् । यी सबैकुरा सुक्ष्मरुपले हेर्ने हो भने हामीकहाँ माइन विच्छाइसकेका छन् । त्यसकारण भूराजनीतिकरुपले नेपालको परराष्ट्रनीति बलियो हुनुपर्छ । अमेरिकाले ट्रासमिसन लाइन बनाउने र सडक मर्मत बनाउन जुन ५५ अर्ब सहयोग गरेको छ । त्यसमा भारतको पनि स्वीकृति चाहिन्छ भनिरहेको छ । यो अमेरिकाले त्यसै भनेका होइन । महरा जी अहिले त्यसै माखे सांग्लोमा परेका छन् । नेकपामा विवाद आउनुको कारण पनि मोहरा काण्ड एक हो । त्यसकारण हामी फ्रेजाइल अवस्थामा छौ । हाम्रो जियो पोलिटिकल एकदम तरल अबस्थामा रहेको छ । (क्षेत्री अर्थविद् हुन् )

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies