Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

भालुको लिङ्ग काटेर खाने सिकारी पक्राउ

दिल्ली । भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ। ती सिकारीलाई यार्नेन नामले चिनिन्छ।

धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ।

भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्ताङ्ग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरू चनाखो भएका थिए।

यार्नेन एउटा फिरन्ते आदिवासी समुदायका हुन्। उनको समुदायमा भालुको लिङ्ग सेवन गर्दा कामोत्तेजना बढ्ने अन्धविश्वास भएको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताए।

यार्नेन अक्टोबर १९ मा गुजरात राज्यमा पक्राउ परेका हुन्। उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति भएको बताइन्छ ।

प्रहरीबाट जोगिन उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेको बताइन्छ। तर प्रहरीले उनीमाथि कुनै अभियोग लगाइसकेको छैन।

आफू लागेका आरोपबारे उनले र उनका वकिलले कुनै प्रतिक्रिया दिएका छैनन्। उनलाई बुधवार अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्।

\'उनको खोजी र पक्राउका लागि हामीले एउटा विशेष एकाइ नै बनाएका थियौँ। छ वर्षसम्म चलेको यो हाम्रो निकै लामो खोजी थियो\' वन विभागको विशेष कार्यदलको नेतृत्व गर्ने रितेश सिरोठियाले भने।

मध्यप्रदेशको दक्षिणी भागमा पाइने पर्धी(बेहलिया जाति परम्परागत रूपमा जङ्गलमा बस्छ।उक्त जातिका मानिसहरू जीवनयापनको लागि सिकार गर्छन्।

यार्लेन सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए। त्यतिखेर प्रहरीले लिङ्ग र पित्तको थैली निकालिएका दुईवटा भालुका शव फेला पारेका थिए।

जेलमा एक वर्ष बिताएर जमानतमा रिहा भएपछि उनी फरार भएको प्रहरीको भनाइ छ।

भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ। भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ।

भालुको पित्त गैरकानुनी रूपमा गोप्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने र महँगो मूल्यमा बिक्री हुने बताइन्छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy