Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

सरकारको रवैया – ‘मुखमा बीआरआई, व्यवहारमा इन्डोप्यासिफिक,’ चीनसँगको सम्झौता कार्यान्वयन नहुने प्रचण्डको चिन्ता

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक असहजता झनै बढेर गएको छ । दुईतिहाइ मतसहित सत्तासीन नेकपाको सरकार आफ्नै कार्यशैलीका कारण चौतर्फी आलोचनाको केन्द्र बनिरहेका बेला आन्तरिक परिस्थिति पनि असहज बनेको हो ।

नेकपाका दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली दुवैबीच पटक-पटक छलफल हुने गरेको भएपनि पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेको छैन । दुई ठूला कम्युनिस्ट पार्टी एकताको तीन महिनाभित्र सम्पूर्ण एकताका कामहरू सक्ने नेताहरूले प्रतिबद्धता गरेका थिए ।

पार्टी एकताको विषय मात्र होइन, दुई अध्यक्षले सार्वजनिक रूपमा राख्ने धारणाहरू पटक-पटक बाझिएका छन् । अध्यक्षद्वयबीच नै महत्त्वपूर्ण मुद्दाहरूमा एकमत नभएपछि पार्टी प्राविधिक रूपमा एक भएपनि भावनात्मक रूपमा अझै एक भइनसकेको नेकपाकै कतिपय नेताहरू स्विकार्छन् ।

‘अध्यक्षद्वयबीच विश्वासको वातावरण बन्न सकेको छैन, एउटाको अभिव्यक्तिलाई अर्कोले खण्डन गरिरहेको अवस्था छ,’ एक स्थायी कमिटी सदस्यले खबरडबलीसँग भने, ‘एकताका कामहरू पूर्ण भएको छैन, मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा दुवै अध्यक्षहरू एकमत भएको स्थिति छैन र पछिल्लो समयमा विकसित भएका समसामयीक घटनाक्रमहरूमा फरक-फरक धारणा आइरहेको छ ।’

विवादका विषयहरू – महरा प्रकरण

नेकपाभित्र पछिल्लो समय पेचिलो बनेको मुद्दा ‘महरा प्रकरण’ हो । दुर्व्यवहारको आरोप लागेर थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पार्टीकै केही नेताहरूको पहलमा फसाइएको आरोप अर्कापक्षले लगाउदै आइरहेका छन् । स्वयम् प्रचण्डले महरालाई फसाएर आफूलाई तर्साउन खोजेको आफ्ना निकटस्थहरूलाई बताउँदै आएका छन् ।

महरालाई फसाउन नेकपाभित्र तत्कालीन एमालेका नेताहरू नै लागेको पूर्व माओवादी पक्षका एक नेताले आरोप लगाए । पूर्वमाओवादी पक्षका एक नेताले संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यायाधिवक्ता अग्नी खरेल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र राजनीतिक सल्लाहकार विष्णु रिमालले सुनियोजित रूपमा महरालाई फसाउन खेल खेलेको आरोप लगाएका छन् ।

आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘महरालाई कसरी फसाउन सकिन्छ भनेर उहाँहरू लागिरहनु भएको थियो । रोशनी शाहीसँग महराको नजिकको पारिवारिक सम्बन्ध रहेको र आउजाउसमेत रहेको थाहा पाएपछि अग्नी खरेलकै पहलमा रोशनीको डेरास्थित क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिएको प्रष्ट भइसकेको छ ।’

यद्यपि हालसम्म महरा रोशनीको डेरामा पुगेको प्रहरीले औपचारिक रूपमा पुष्टि गरेको छैन । आफ्नो दाहिने हातका रूपमा रहेका महरा पक्राउ परेपछि प्रचण्ड तनावमा रहेका छन् । पार्टीभित्रैबाट आफूलाई कमजोर बनाउने चलखेल चलिरहेको प्रचण्डको बुझाई छ ।

पाँच बुँदे सम्झौता कार्यान्वयनमा शंका

महरा प्रकरणमा पार्टीभित्रैका नेताहरूले खेलेको भूमिकामा असन्तुष्ट देखिएका प्रचण्डले पार्टी एकताताका गरेको सहमति कार्यान्वयन हुने सम्भावना पनि कम देखेका छन् । गतसालको जेठ ३ गते पार्टी एकता हुनुभन्दा अघिल्लो दिन तत्कालीन दुवै पार्टीका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो । उक्त सहमति केही समय गोप्य रहेपनि अहिले सार्वजनिक भइसकेको छ ।

उक्त सम्झौताको चौथो बुँदामा समान अवधिका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले आलोपालो सम्झौता कार्यान्वयनअघि थप नयाँ सम्झौता हुनुपर्ने सार्वजनिक रूपमै बताइसकेका छन् ।

मुखमा बीआरआई, व्यवहारमा इन्डोप्यासिफिक !

केही साताअघि चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा पनि पार्टीभित्र ठूलै मतभेद रहेको खुलेको छ । उक्त भ्रमण लगत्तै प्रधानमन्त्री ओलीले अमेरिकी रणनीतिका रूपमा रहेको इन्डो प्यासिफिक अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन सहायता सहमतिलाई संसदबाट जसरी पनि पारित गराउने भन्दै एक दैनिक पत्रिकालाई दिएका अन्तर्वार्तामा भनिसकेका छन् ।

यदि सरकार इन्डो प्यासिफिक रणनीतिको पक्षमा लाग्ने हो भने चीनसँग भएका महत्त्वपूर्ण सम्झौताहरू कार्यान्वयनमा कठिनाई आउने डर प्रचण्डलाई रहेको उनीनिकट नेताहरूले बताउने गरेका छन् । मुखले बीआरआई भन्दै हिंड्ने तर व्यवहारमा चीनविरुद्धको गतिविधिमा लाग्ने सरकारको रवैया देखिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन

ठूलो मात्रामा नभएपनि मन्त्रिमण्डलको हेरफेर गर्नुपर्ने विषय दुई अध्यक्षबीच हुने निरन्तरको छलफलमा उठ्ने गरेको छ । प्रचण्ड मन्त्रिमण्डल हेरफेर गर्ने छलफलमा ओलीको कुरा सुनेर दिक्क पर्ने गरेका छन् । केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्ने मन्त्रीलाई हटाउन नसक्ने जवाफ दिएका थिए ।

‘मलाई सहयोग गर्ने मन्त्रीहरूलाई मैले हटाउन सक्दिन, पूर्व माओवादी पक्षका कसैलाई हटाउने या राख्ने हो भने भन्नुस,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘केही मन्त्रीहरू राखेर बाँकी फेर्न म तयार छु ।’

ओलीको यस्तो जवाफ पाएपछि प्रचण्डले यसबारेमा तपाईंले नै निर्णय गरेर जानकारी गराउनुहोला भन्दै बाहिरिएका थिए ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बास्कोटा र भर्खरै पर्यटनमन्त्री भएका योगेश भट्टराईलाई कुनै पनि हालतमा हटाउन नसक्ने बताउँदै आइरहेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हटाएर ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने र खानेपानी मन्त्री बिना मगरलाई हटाएर अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई ल्याउने तयारी गरिरहेका छन् ।

त्यस्तै श्रममन्त्री गोकर्ण बिष्ट, वनमन्त्री शक्ति बस्नेत र आपूर्तिमन्त्री मातृका यादवलाई पनि हटाउने तयारी प्रधानमन्त्रीले गरिसकेको स्रोतको दाबी छ । अजरबैजानमा हुने असंलग्न राष्ट्रहरूको सम्मेलनबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने सम्भावना देखिएको छ ।

सभामुख चयन

महराले राजीनामा दिएपछि सभामुख पद खाली छ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक-फरक पार्टी र फरक-फरक लिङ्गको हुनुपर्ने हुन्छ । हाल नेकपाकै तर्फबाट शिवमाया तुम्बाहाम्फे छिन ।

नेकपा सभामुख छोड्ने पक्षमा छैन । उपसभामुखलाई राजीनामा गराएर अर्को कुनै दललाई दिने र सभामुख आफैले राख्ने नेकपाको तयारी देखिन्छ । तर अहिलेसम्म कसलाई सभामुख बनाउने भन्ने विषयमा पार्टीभित्र एकमत छैन ।

पूर्वमाओवादी पक्षले सभामुख आफैले पाउनुपर्ने दाबी गरिरहेको छ भने पूर्व एमाले पक्षबाट नेम्वाङले पार्टी एक भइसकेकाले यो पक्ष वा त्यो पक्ष हुनुहुन्न भनी सार्वजनिक रूपमा अभिव्यक्ति दिइसकेका छन् । महरालाई फसाउने षड्यन्त्र गरेको आरोप लागेका नेम्वाङको भूमिका शंकास्पद देखिएको भन्दै नेकपाकै कतिपय नेताहरू एक आपसको अनौपचारिक कुराकानीमा भन्ने गरेका छन् ।

पूर्वमाओवादी पक्षबाट देव गुरुङ, पम्फा भुसाल लगायतको नाम सतहमा आएको छ भने पूर्व एमाले पक्षबाट नेम्वाङ नै बलियो दाबेदार हुन् । यस विषयमा पनि दुई अध्यक्षबीच राम्रोसँग छलफल हुन सकेको छैन । ‘अध्यक्ष प्रचण्डले अब त औपचारिक रूपमा छलफल र निर्णय गरौँ भन्नुहुन्छ, तर अर्का अध्यक्ष ओलीले अहिले नै के हतार छ भनेर जवाफ दिनुहुन्छ,’ स्रोत भन्छ, ‘उहाँहरू निरन्तर छलफलमा रहेपनि विवादका कतिपय विषयहरू समाधान उन्मुख छैनन् ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies