Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

विमानस्थल निर्माणका लागि सवा लाख रूख काटे पुग्ने

बारा । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा लाख मात्र रूख काटे पुग्ने भएको छ । बारामा बन्न लागेको उक्त विमानस्थलका लागि काटिने रूखको विषयलाई लिएर विभिन्न बहस भइरहेका वेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रूखको क्षति गरी विमानस्थल निर्माण गर्न सकिने तथ्यांक सार्वजनिक गरेका छन् । सिमरामा एक कार्यक्रमको आयोजना गरी शर्माले वातावरणलाई प्रभाव नपर्ने गरी न्यून संख्यामै रूख काटेर विमानस्थल निर्माण गर्न सकिने बताएका हुन् ।

सवा लाख रूख काट्दा दुई धावनमार्ग
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि सवा लाख मात्र रूख काट्दा पुग्ने तथ्यांक शर्माले प्रस्तुत गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डबमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा सवा लाख रूख काटे पुग्छ ।’

विमानस्थल निर्माण गर्न आवश्यक २ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमध्ये १ हजार ६ सय ५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको भन्दै उनले बताए । शर्माले भने, ‘यो क्षेत्रफलमा पनि साललगायतका ठूला रूखको संख्या ज्यादै न्यून छ ।’

पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ क्लस्टरमा विभाजन गरी त्यहाँ रहेका रूख र त्यसका प्रजातिहरूको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माण हुने क्षेत्रमध्ये करिब ६ सय हेक्टरमा हाल टाँगिया बस्ती रहेको छ भने १ सय हेक्टर क्षेत्रफलमा बुट्यान क्षेत्र मात्र रहेको छ ।

एक रूख काट्दा दश रूख रोप्ने
हाल संशोधित नियमावलीअनुसार एक रूखबराबर १० रूख रोप्नुपर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षारोपण गर्दा प्रतिहेक्टर सात सय रूख रोप्ने र जसका लागि कुल १ हजार ८ सय ५० हेक्टर क्षेत्रफल खाली जमिन आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

यसरी वृक्षारोपणका लागि प्रदेश दुईका बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश तिनको मकवानपुरका केही खाली स्थानहरूको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताए । ‘सम्भवतः वृक्षारोपणका लागि हामी प्रदेश दुईभन्दा बाहिर जानुनपर्ने पनि हुन सक्छ, आवश्यक परेका खण्डमा मकवानपुरका केही भूभागहरूको समेत पहिचान गरी राखिएको छ,’ प्रमुख शर्माले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE