Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

छठपर्वको रमझम र तयारी सुरु हुदैँ

काठमाडोँ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिकको शुक्लपक्ष अर्थात् शनिबार आउन लागेको छठ पर्वका लागि स्थानीय पोखरी,नदी तथा विभिन्न जलाशय सझाउने काम धामधम भइरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई दुलहीझैँ सिंगारिएको छ । जनकपुरका गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा छठ पूजा गर्नेको ठुलो घुइँचो लागेको छ । गंगा सागर छठ पूजा समितिका अध्यक्ष अशोकलाल दासले गंगा सागरको डिलमा छठका लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने गरेको उनले जानकारी दिए ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् । र, भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाहरूले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । शनिबारदेखि सुरु भएको पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

अढाई करोडको केरा खपत
छठ पर्वमा अन्य सामग्रीभन्दा केराको कारोबार बढी हुने गर्छ । फलफूल व्यवसायी संघ, जनकपुरले छठ पर्वलाई मात्रै लक्षित गरी ४४ ट्रक केरा, १० ट्रक स्याउ, तीन–तीन ट्रक अनार र सुन्तला ल्याइएको जनाइएको छ ।

धनुषा, महोत्तरी र सिरहा गरी तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरबाटै केरालगायत सामग्री खरिद गर्ने गर्छन् । फलफूल व्यवसायी संघ जनकपुरका अध्यक्ष रुदलप्रसाद साहले केरा २ करोड ४५ लाख, स्याउ ७० लाख, अनार ५० लाख र सन्तुला १५ लाख रुपैयाँको कारोबार भएको बताए ।बाढी–पहिरो आदिका कारण विगतभन्दा यस वर्ष छठ पर्वको उत्साहमा कमी आएको अध्यक्ष साहको भनाइ छ । उनले भने, ‘गत वर्ष योभन्दा बढी परिमाणमा केरागायत सामग्री खपत भएको थियो ।’

भारतको आसाम, मद्रास, हाजीपुर, वीरपुर, नेपालका भन्टावारी, इनरुवालगायत स्थानबाट केरा ल्याउने गरेको संघका महासचिव भूपनेश्वर पूर्वेले बताए । उनका अनुसार छठ बजारमा पर्वका लागि किनमेल गर्नेको भिड बिस्तारै बढ्दै गएको छ ।

चाडबाडका वेला सुरक्षा मजबुत
चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षा व्यवस्थालाई कडा पारेको छ । विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वका समयमा अप्रिय घटना भएकाले त्यस्ता घटना दोहोरिन नदिन आफूहरू सतर्क बनेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

‘छठ पर्वका अवसरमा रातिको सयममा घाटमै बस्ने परम्परा छ,’ उनले भने, ‘यस्तोमा आपराधिक क्रियाकलाप हुने सम्भावना बढी हुन्छ, त्यसैले सुरक्षा सर्तकता बढाएका छौँ ।’जनकपुर क्षेत्रसहित ग्रामीण भेगमा समेत प्रहरी सुरक्षा चेकजाँच तथा गस्ती बढाएको जानकारी दिँदै एसपी खनालले भने,‘ ‘सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र प्रहरीसँग समेत सहकार्य गरी सीमावर्ती क्षेत्रमा बढी निगरानी गरिरहेको छु ।’

चाडपर्वका अवसरमा जनकपुरसँगै विभिन्न ग्रामीण क्षेत्रमा केही संख्यामा सुरक्षाकर्मी थपिने उनले जनाए । शंकास्पद तथा विभिन्न आपराधिक घटनामा फरार रहेका व्यक्तिमाथि निगरानी बढाएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमातहतका इलाका तथा प्रहरी चौकीहरूलाई आफ्ना क्षेत्रमा गस्ती तथा चेकजाँच बढाउन निर्देशन दिएको एसपी खनालले जानकारी दिए ।

विराटनगरमा पनि छठको रौनक
तिहार सकिएसँगै विराटनगरमा छठ पूजाको चहलपहल सुरु भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगर आसपासका नदी किनारमा छठको तयारीका लागि सरसफाइ तथा सजावटको तयारी सुरु भएको हो ।

गत वर्ष विराटनगरको सिँघिया नदी किनारमा सजाइएको छठ पूजा स्थल । फाइल फोटो
आगामी शनिबार मनाइने छठ पूजाका लागि अधिकांश क्षेत्रमा समिति नै गठन गरेर पूजा स्थल सरसफाइ तथा व्यवस्थित गर्ने काम सुरु भएको छ । छठ मान्ने समुदाय थोरै भएको स्थानहरूमा भने व्यक्तिगत रूपमा सरसफाइ गरिँदै छ । छठ पूजाका लागि चाहिने अन्न, फलफूल र बाँसका सामग्रीको किनमेल गर्नेहरूको भिड पनि बजारमा ह्वात्तै बढेको छ ।

छठ पूजामा विशेष गरी बाँसका सामग्री, उखु, भोगटे, नरिवल, मेवा तथा अन्नको प्रयोग गरिन्छ । छठमा शुद्ध गहुँको पिठोबाट बनेको ठेकुवा नामको पक्वान मीठाईसमेत खाने चलन छ । छठ पूजाका लागि बुधबारबाटै व्रत सुरु भएको छ । बुधबार नुहाएर शुद्ध भई शुद्ध अन्नको भोजन ग्रहण गरेर व्रतालुहरूले व्रत सुरु गरेका हुन् ।

विराटनगरको हाटखोलास्थित सिँघिया नदी, पोखरियाको परोपकार घाट, केसलिया मार्गको केसलिया घाट, रानीको मण्ठा पोखरी, पुष्पलाल चोकको घिनाघाटसहित विभिन्न नदी र जलाशय किनारमा छठ पूजाको तयारी तीव्र रूपमा भइरहेको छ । यसैगरी, मोरङको रंगेली, पथरी, बेलबारी, विराटचोक, उर्लाबारीलगायतका स्थानमा पनि छठ भव्य रूपमा मनाइन्छ ।

छठको मुख्य पूजा हुने दिन १६ कात्तिक शनिबार व्रतालु र भक्तालुहरूले सिँगारिएको घाटमा रहेको पूजा स्थलमा पूजा सामग्री सजाउने गर्दछन् र साँझ छठको अराधना गर्दै अस्ताउदो सूर्यलाई तथा १७ कात्तिक आइतवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर उपासना गरेपछि छठ पर्व समाप्त हुन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE