काठमाडौं । जवरजस्ती करणी उद्योगमा पक्राउ परेको २६ दिनमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध साढे सात वर्ष कैद सजाय र क्षतिपूर्तिको मागदावीसहित जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा महरामाथि संघीय संसद् सचिवालयकी कर्मचारीसमेत रहेकी वृत्त नयाँबानेश्वर वृत्त २६ ९३०० २०७६/२०७७ की महिलामाथि जबरजस्ती करणी उद्योग गरेको अभियोगपत्र दर्ता भएको हो । महराको बयान शुक्रबार साँझ सकिएको पनि छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुदर्शनराज पाण्डेको इजलासमा महराको बयान भएको हो । बयान लिन करिब पाँच घण्टा लागेकाले आज थुनछेक बहस हुन सकेन । कार्यालय समय सकिएकाले अदालत खुल्ने दिन आइतबार थुनछेक बहस हुनेछ । सरकारी वकिलसँग महराको श्रीमती सीता र छोरा राहुलसँगै कांग्रेस सांसद् उमा रेग्मीले यस्तो बयान दिएका छन् स्
महराकी श्रीमती सीता :
पीडितको कोठामा गई जबरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोबाइलबाट पीडितको मोबाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोबाइल भएको ठानी निजले प्रयोग गर्ने मोबाइल खोसेर फाली फुटाइ दिएकी हुँ । उक्त मोबाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सार्ने क्रममा के कता हरायो थाहा भएन ।
महराका छोरा राहुल :
मैले ९८५११११८८८ नम्बरको सिमकार्ड प्रयोग गर्दै आइरहेको छु । उक्त नम्बर मेरो नाममा छ । असोज १२ गते राति वा सो पश्चात् पनि पीडितको कुनै पनि नम्बरबाट मेरो मोबाइलामा कुनै किसिमको फोन वा म्यासेज आएको छैन । असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा उक्त घटना सम्बन्धमा समाचार आएपछि मात्रै मैले थाहा पाएको हुँ । मैले प्रयोग गर्ने गरेको आइफोन समेत हालसम्म पनि मसँग नै छ । मेरो मोबाइल नम्बरमा पीडितको नम्बरबाट कुनै म्यासेज नआएको हुँदा अनुसन्धानको क्रममा मेरो मोबाइल पेस गर्नु उचित नभएको हुँदा दिन चाहन्न ।
कांग्रेस सांसद् उमा रेग्मी :
पीडित महिला नेपालको संघीय सांसद सचिवालयअन्तर्गत स्वास्थ्य ईकाईना कार्यरत स्टाफ नर्स भएको र मेरो शरीरमा भिटामिन बि १२’ को कमी भएको हुँदा सो को इन्जेक्सन पीडितले नै मलाई दिने गरेकी थिइन् । गत १२ असोजमा राति अन्दाजी ११ः३० बजेको समयमा निज पीडितले मैले प्रयोग गर्ने गरेको ९८५१०।।।नम्बरको मोबाइलमा फोन गरी रूदै न्याय पाउ माननिय ज्यू भनी मलाई फोनमा भन्न थालेपछि मेले निजलाई तपाई को हो र के भयो भन्दा पीडितले म तपाईलाई इन्जेक्सन लगाउने संसद सचिवालयको नर्स हुँ भन्दै परिचय दिइन र मैले के अन्याय भयो भनी निजलाई सोध्दा निजले म जवरजस्ती करणीमा परें भनेकाले मैले कसले गर्यो भनी निजलाई सोध्दा सभामुखले भनेकाले म आश्चर्य मान्दै को सभामुख भनी सोध्दा निजले कृष्णबहादुर महराले भनी बताएकी हुन् ।
मैले कसरी यस्तो हुन गयो भनी सोध्दा पीडितले कृष्णबहादुर महरा मेरै कोठामा रक्सीको बोत्तल लिएर आए, मलाई जवरजस्ती करणी गर्न खोजे मैले प्रतिकार गर्दा मलाई निजले निर्घात कुटपिट गरे दुवै गालामा पिटेर अनुहार सुन्निएको छ । जिउभरि निलडाम छ तपाईले चिन्न पनि नसक्ने अनुहार भएको छ र म जवरजस्ती करणीमा परे भनिन र प्रतिकार गर्दा निजको चस्मा भाँचिएर सिसा फुटी खसेको र मैले प्रतिकार गरी प्रहरी बोलाउँदा हतारिएर भाग्दा निजको जुत्ताको तलुवा मेरो कोठामा छुटेको छ भनी मलाई निजले फोनमार्फत बताएकी हुन् । निजले सो कुरा भनी म पटक पटक न्याय चाहियो भनी रहेकी थिइन र मैले पनि निजलाई प्रक्रियामा सकेको सहयोग गरौँला भनेकी थिएँ । यसरी आफू संघीय संसदका सभामुख भएको अवस्थामा आफ्नो पदको दुरूपयोग गरी मादक पदार्थ रहेको बोत्तल आफ्नो साथमा लिई कोठामा गई पीडितलाई समेत मादक पदार्थ सेवन गराई अनुचित प्रभावमा पारी बल पूर्वक जबरजस्ती करणी गरी पीडितले प्रतिकार गर्दा हातपात कुटपिट समेत गरी भागेको हुँदा उल्लेखित कार्य गर्न यी प्रतिवादी उपर कानून बमोजिम कडा कारबाही हुनु पर्छ ।
अदालतसमक्ष पीडितको आफ्नै जाहेरीविरूद्ध अर्को लिखित निवेदन
पीडित भनिएकी महिलाले प्रहरीसमक्ष दिएको किटानी जाहेरी विरूद्ध अदालतमै पुगेर गत ३ कात्तिकमा लिखित निवेदन दिएकी छन् । उनले सोधपुछका लागि भनेर बोलाएको प्रहरीले ९ घण्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दवाव दिएर करणी प्रयास गरेको निवेदन दर्ता गराएको भन्दै अदालतमा आफै उपस्थित भएर लिखित निवेदन दिएकी छन् । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने,‘पीडितले नै हुलाकमार्फत आफूले पठाएको निवेदन प्रहरीले दर्ता गर्न नमानेको भन्दै लिखित निवेदन लिएर आज अदालतसमक्ष आएकी हुन् । इजलासले मिसिलमा राख्नु भन्ने आदेश दिएकाले राखिएको हो । त्यो निवेदन मान्ने नमान्ने भन्ने कुरा पछि अदालतले निर्णय गर्छ ।’ आफू धेरै बोल्न नसक्ने भन्दै महिलाले आफ्ना अन्य उजुरी झुठो भएको भन्दै इजलाससमक्ष पेस गरेकी थिइन् ।
पूर्वसभामुख महरा आफ्नो घर नै नआएको निवेदन अदालतसमक्ष प्रस्तुत गरेकी छन् । १२ असोजमा महरा आफ्नो घरमा नआएको र १५ असोजमा प्रहरीसमक्ष सत्यतथ्य नै बताएको भनेकी छन् । उनले आफ्नो लिखत उजुरी प्रहरीले दर्ता गर्न नमानेको समेत आरोप लगाएकी छन् । उनले भनेकी छन्,‘मेरो शारीरिक अवस्थाको फाइदा उठाउँदै म एक्लै भएको बेला जवरजस्ती कोठामा आइ मेरो अन्तर्वार्ता लिएर मेरो अनुमति विना सामाजिक सञ्जालमा हाली मेरो साथै उच्च ओहदाको व्यक्तिको बेइज्जत गर्ने अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गराइयो ।’
प्रतिकृया लेख्नुहोस्: