Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

३१ वर्ष बितिसक्याे कहिले हुन्छ नेपाल–चीन सीमा सन्धि–पत्रकाे नविकरण ?

काठमाडौं । नेपाल र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा छलफल गर्ने सहमति भए पनि तीन दशकदेखि त्यससम्बन्धी औपचारिक वार्ता भएको छैन । सीमासम्बन्धी सन्धि–पत्र नवीकरण गर्ने सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको अघिल्लो चीन भ्रमणमा चर्चा भएको थियो । तर, सम्बन्धित अधिकारीको बैठक बस्न नसकेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणमा समेत यसबारे छलफल हुन सकेन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ चीनसँग १९६१ मा सीमासम्बन्धी सन्धि भएको थियो । तीन वर्षपछि १९६३ मा बाउन्ड्री प्रोटोकलमा दुवै देशबीच हस्ताक्षर भएको थियो । त्यसपछि बाउन्ड्री प्रोटोकल सन् १९७९ र १९८८ मा गरी जम्मा दुईपटक नवीकरण भयो । त्यसयता नवीकरण भएको छैन । परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकमा पनि यसबारे छलफल भएको, तर बैठक बस्न नसकेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

सन् १९८८ मा नवीकरण हुँदा नेपालबाट परराष्ट्रमन्त्री शैलेन्द्र उपाध्यायको नेतृत्वमा १३ जनाको नेपाली टोली चीन गएको थियो । सो टोलीमा सहभागी नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार प्रोटोकल नवीकरण गर्नु दुवै देशको हितमा हुन्छ । उनका अनुसार सन् २००६ मा नेपाल–चीन संयुक्त सीमा समिति गठन भएको थियो । त्यसलाई यथाशीघ्र प्रोटोकल नवीकरण गर्न म्यान्डेट दिइएको थियो ।

नेपाल र चीनबीच सीमासम्बन्धी प्रोटोकल नवीकरणबारे पछिल्लो बैठक २०१० अप्रिल ४ देखि १० सम्म काठमाडौंमा बसेको थियो । नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव मुक्तिनाथ भट्ट र चीनतर्फबाट परराष्ट्र मन्त्रालयका सन्धि तथा कानुन विभागका काउन्सिलर अउ गुयाङ युगिङले गरेका थिए । बैठकले ०६८ मा सीमासम्बन्धी वार्ता हुने तय गरेको थियो । तर, तयारी नपुगेको भन्दै अन्तिम समयमा नेपालले नै उक्त वार्ता रद्द गरेको थियो ।

नेपाल–चीनबीच दुई ठाउँमा सीमा विवाद
विवाद १ : पिलर नम्बर ५७
नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा चिनियाँ पक्षले सीमा चिह्न नेपालतिर सारेपछि निम्तिएको विवाद समाधान भएको छैन । सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो समय फेला नपरेको सो सीमा चिह्न नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा ०६२ मा भेटिएको थियो । त्यहाँ नौ बिघा नेपाली जमिन वर चीनले सीमा चिह्न राखेको हो ।

विवाद २ : सगरमाथाको उचाइ
चीनले सगरमाथाको उचाइ ३ दशमलव १६ मिटर कम रहेको दाबी गरेको छ । २००१ मा अमेरिकाले सगरमाथाको उचाइ दुई मिटर थपिएर आठ हजार आठ सय ५० पुगेको दाबी गरेको थियो । नेपालले अमेरिकी र चिनियाँ दाबीलाई स्वीकार गरेको छैन ।

नेपालले साबिक उचाइ आठ हजार आठ सय ४८ मिटर नै यथावत् हुनुपर्ने दाबी गरेको छ । हाल आफैँ सगरमाथाको उचाइ मापन गरिरहेको छ । पुससम्म उचाइ मापन सम्पन्न भएपछि नेपालले चीनसँग छलफल गर्नेछ । उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली सगरमाथाको शिखर आरोहण गरेर फर्किसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE