काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलाइसिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो ।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा आवश्यक देखिएको सुझाब दिएका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि वेला गम्भीर समस्या देखिए निवासमा साधारण उपचार गर्न पनि सम्भव छैन । जामलगायत समस्याका कारण तत्कालै अस्पताल लैजान पनि कठिन हुन सक्छ । त्यसैले निवासमै मेडिकल रुम बनाउन सुझाब दिएका छौँ,’ प्रधानमन्त्रीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले नयाँ पत्रिकासँग भने । त्यसमा बालुवाटार पनि सहमत रहेको उनले बताए ।
ती चिकित्सकका अनुसार डायलाइसिस गर्ने उपकरण कस्तो राख्ने भन्नेबारे शुक्रबार चिकित्सकहरूको भेलामा छलफल भएको छ । बेलाबेलामा प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्रीको मुटुमा समेत समस्या भएकाले पनि मेडिकल रुम अनिवार्य भएको ति चिकित्सकले बताए । आइसियूसहितको मेडिकल रुममा विशेषज्ञ डाक्टर र नर्सहरू खटिनेछन् ।
नियमित डायलाइसिस गर्नुपरे हप्तामा तीनपटक गर्नुपर्ने हुन्छ । त्यतिवेला प्रधानमन्त्रीलाई अस्पताल लाने र ल्याउने गर्नुभन्दा निवासमै डायलाइसिस गराउनु राम्रो हुने एक चिकित्सकले बताए । तर, तत्काल नियमित डायलाइसिस गर्नुपर्ने वा नपर्नेबारे नमुना संकलनको सबै रिपोर्ट आएपछि मात्रै थाहा हुने एक निजी चिकित्सकले बताए । उनका अनुसार प्रधानमन्त्रीको शुक्रबारको स्वास्थ्य अवस्था हेर्दा तत्काल नियमित डायलाइसिस गर्नु नपर्ने देखिन्छ ।
बालुवाटारमै डायलाइसिस गर्ने भन्ने सत्य होइन
डा। कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
अस्पतालबाट डिस्चार्ज भएपछि अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुबाहेक प्रधानमन्त्री रेस्टमा हुनुहुन्छ । उहाँ निजी चिकित्सकहरूको अब्जरभेसनमा बस्नुभएको छ । बालुवाटारमै डायलाइसिस गर्न मेडिकल रुम बनाउने कुरा मलाई थाहा छैन, सत्य हो भन्ने पनि लाग्दैन । अब के गर्ने भन्नेबारे चिकित्सकहरूले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: