काठमाडौं । नेपाली सिनियर क्रिकेट टोलीले सोमबार इंग्ल्यान्डकोे मेरिलेवन क्रिकेट क्लब (एमसिसी)लाई पाँच विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको एमसिसी ३९.३ ओभरमा २०१ रनको योगफलमै रोकिएको थियो । नेपालले ३७.३ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यसअघि आइतबार एमसिसीसँग नेपाली यू–१९ ए टोलीले ३८ रनको पराजय बेहोरेको थियो । एमसिसीले अब बुधबार सिनियर टोलीसँग पहिलो श्रेणीको मान्यताप्राप्त तीन दिवसीय क्रिकेट खेल्नेछ ।
विनोद र पवनको बलियो साझेदारी
नेपालको जितमा विनोदसँगै पवन सर्राफले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । पवनले २५ बलमा नटआउट ३८ रन जोडे । विनोद र पवनले अविजित रहँदै ७० रनको साझेदारी गरेपछि नेपालको सहज जित सम्भव भयो । विकेटकिपर ब्याट्सम्यान विनोदले आफ्नो इनिङमना दुई छक्का र तीन चौका ठोके । पवनले दुई छक्का र चार चौका प्रहार गरेका थिए । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले २४ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान २३ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । एमसिसीविरुद्धको खेलमा नेपाली टोली पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामीजस्ता महत्वपूर्ण खेलाडीविनै मैदानमा उत्रिएको थियो ।
पवनको अलराउन्ड प्रदर्शन
अनुभवी खेलाडी सम्मिलित एमसिसीविरुद्धको जितमा पवनले बलिङका क्रममा आठ ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । यसैगरी, ललितनारायण राजवंशीले पनि चार विकेट लिए । करण केसी र अभिनाश बोहराको नाममा एक–एक विकेट रह्यो । एमसिसीका ओपनर विल रोड्सले ५४ र अर्का ओपनर बिल्ली गोडलम्यानले ३८ बलमा ५२ रनको अर्धशतकीय योगदान दिए । रोड्सले पाँच चौका ठोके । गोडलम्यानले दुई छक्का र आठ चौका प्रहार गरे । त्यस्तै, विल भान्डस्पर्रले ३६ रन जोडे ।
जितबाट कप्तानी इनिङ
एमसिसीसँगको जितसँगै ज्ञानेन्द्रले आफ्नो कप्तानी इनिङ सुरु गरेका छन् । पूर्ण कप्तानको जिम्मेवारी पाएपछि ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टोलीले खेलेको यो नै पहिलो खेल हो । नेपाल क्रिकेट संघ (क्यान)ले गत बुधबार मात्रै ज्ञानेन्द्रलाई पूर्ण कप्तानको जिम्मेवारी दिएको थियो । पछिल्लो एक दशक नेपाली टोलीको कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि क्यानले ज्ञानेन्द्रलाई जिम्मेवारी सुम्पिएको हो ।
पारस र सन्दीपले इमर्जिङ नखेल्ने
पूर्वकप्तान पारस र लेगस्पिनर सन्दीपले २८ कात्तिकदेखि ८ मंसिरसम्म बंगलादेशमा हुने एसियाली क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ टिम्स एसियाकप नखेल्ने भएका छन् । उनीहरू छनोट भएको टी–१० लिगसँग मिति जुधेपछि पारस र सन्दीपले इमर्जिङ कप नखेल्ने भएका हुन् । यस सम्बन्धमा क्यानले समेत दुवैलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिइसकेको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलाडीहरूले दिएको निवेदनअनुसार एनओसी दिइएको जनाए ।
‘हामीले इमर्जिङ कप खेल्ने निश्चित थिएन । पारस र सन्दीप टी–१० लिगका लागि छनोट भइसकेपछि मात्रै इमर्जिङ कप खेल्ने निश्चित भएको हो,’ सचिव प्याकुरेलले भने, ‘खेलाडीले राष्ट्रिय टोलीको खेल नभएको अवस्थामा आफूहरूले प्रशिक्षकको अनुमतिमा टी–१० लिगका लागि नाम दिएको बताएका छन् ।’ युएई नखेल्ने भएपछि इमर्जिङ कपमा नेपालले सहभागिताको अवसर पाएको हो । टी–१० लिग पनि २८ कात्तिकदेखि ९ मंसिरसम्म संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीमा आयोजना हुँदै छ । पारस टी–१० लिगअन्तर्गत आबुधाबी र सन्दीप कर्नाटका टस्कर्ससँग अनुबन्धित छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: