काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र चिनियाँ कम्पनी युनियन पेबीच सहकार्य गर्ने बारे सम्झौता भएको छ । इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तराष्ट्रिय कम्पनी लिमिटेडका अध्यक्ष चाय जियाङबोका बीचमा आईबिएल युनियन पे कार्ड तथा त्यसका अन्य उत्पादनहरु प्रयोगबारे सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी युनियन पेमार्फत डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउने भएको छ । बैंकले गरेको सम्झौताअनुसार चीन भ्रमणमा जाँदा बैंकले ग्राहकले क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सक्ने जनाइएको छ ।
साथै युनियन पे कार्डमार्फत बैंकका एटिएम मेसिनबाट सजिलै नगदसमेत निकाल्न सकिनेछ छ । सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ जनाइएको छ ।
बैंकले युनियन पेसँगको सहकार्यले नेपाल भ्रमण आउने चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न सहज हुने जनाएको छ । युनियन पे कम्पनीको केन्द्रिय कार्यालय चीनको संघाईमा छ भने कम्पनीले हाल विश्वका १७७ देशमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा चाईनाबाट १ लाख ५३ हजार ६३३ जना पर्यटक नेपाल आएका थिए । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा ३ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: