Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

भारतीय नक्सा सार्वजनिक भएपछि दलहरूले आपत्ति जनाए

कालापानी हाम्रै हो : सरकार
काठमाडौं । सरकारले कालापानी क्षेत्र नेपालकै भएको प्रस्ट पारेको छ। भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर सरकारले यस्तो धारणा सार्वजनिक गरेको हो।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - सरकारले भनेको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।’ सञ्चारमामाध्यममा भारतीय नक्सा सार्वजनिक भएपछि दिल्लीस्थित नेपाली दूतावासको रायसमेत लिएर परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको छ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगका बैठकबाट दुई मुलुकबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्या समाधानको जिम्मा परराष्ट्र सचिवहरूलाई दिइएको छ। तर, नेपालतर्फबाट नै यसमा पहल हुन सकेको छैन। ‘राजनीतिक दलबाट मोरल सपोर्ट भएमा यस्ता विषय टुंग्याउन सहज छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हाम्रा राजनीतिक दल सर्वसाधारणको मन जित्न एउटा कुरा गर्छन्। हामीसँग अर्को कुरा गर्छन्। त्यसैले यस्ता समस्या समाधान हुन नसकेका हुन्।’

विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय दुवै पक्षको आपसी सहमतिमा टुंग्याइनेछ।’ एकपक्षीय ढंगबाट गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ। प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको जनाइए पनि त्यसमा ढिलाइ भएको मन्त्रालयले स्विकारेको छ।

‘नेपाल सरकार सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवं तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा दृढ छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकाले त्यसमा अडिग रहेर कूटनीतिक पहल गर्ने बताए। यद्यपि उनी आफैं सदस्य रहेको प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन बुझाउन सकेका छैनन्।

भारतले नेपालको लिपुलेकलगायतका भूभागसमेत राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा चौतर्फी विरोध भएको छ। सत्तारूढ नेकपादेखि अन्य दलले यस विषयमा सत्यतथ्य सार्वजनिक गरी कूटनीतिक माध्यमबाट भारतसँग संवाद गर्न आग्रह गरेका छन्। भारतको हेपाहा प्रवृत्तिको जमेर विरोधमा उत्रन राजनीतिक दलले देशभक्त नेपालीलाई आग्रहसमेत गरेका छन्।

नेकपा स्थायी समिति सदस्य भीम रावलले यस विषयमा पार्टी स्थायी समिति र सर्वदलीय बैठक बोलाई छलफल गर्न माग गरेका छन्। रावलले ट्विटरमा रावलले लेखेका छन्, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति जनाउनुपर्छ। यसबारे नेकपा स्थायी कमिटी र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनुपर्छ। भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो,’ रावलले लेखेका छन्।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट देखा परेको भन्दै सबै नेपालीलाई एकताबद्ध भई विरोधमा उत्रन आग्रह गरेका छन्। ‘लिपुलेकदेखि लिम्पियाधुरासम्मक‍‍ो भूभाग भारतको नक्सामा पारिएक‍ो, नेपालमा भारतीय मुजाहिद्दिन आतंकवादी चलखेल बढेको भनी अमरिकाले रिपोर्ट सार्वजनिक गरेको, इन्ड‍‍ो–प्यासिफिक सैन्य गठबन्धनलगायतका घटनाले नेपालक‍‍ो राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट बढ्दै गएक‍‍ो देखिन्छ’, नेता गुरुङले भनेका छन्, ‘यस्तो अवस्थामा कम्युनिस्टहरू एकताबद्ध हुन र गैरकम्युनिस्ट दलहरूसँग समेत राष्ट्रियताको मुद्दामा सहकार्य गर्दै एकजुट हुन अपिल गर्दछु।’

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ९किरण० ले भारतले नेपालको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि अतिक्रमण गरेको बताएका छन्। उनले यस घटनामा आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याउन र भारतीय कदमको कडा विरोध गर्न र नेपालको सार्वभौमकिताका पक्षमा दह्रोसँग उभिन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नकेपाको जनसांस्कृतिक महासंघले पनि भारतीय कदमको भत्र्सना गरेको छ।

अखिल नेपाल जनसंस्कृतिक महासंघका महासचिव खेम थपलियाले वक्तव्य जारी गर्दै लिपुलेकलगायतका भूभागमा गरिएको अतिक्रमणको विरोध गरेका हुन्। राप्रपा, साझा पार्टीलगायतले पनि विज्ञप्ति जारी गर्दै भारतीय कदमप्रति आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा मंगलबार नै भारतीय कदमको विरोध गरेका छन्। कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ र सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले पनि बुधबार राजधानीमा भारतको विरोधमा प्रदर्शन गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE