Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

नयाँ पुस्ता पर्वतारोहणप्रति उदासीन, श्रीमती पाउनै गाह्रो

काठमाडौं । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्।

दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये सर्वेक्षणमा सहभागी हुन चाहने विद्यार्थीमा गरिएको यस सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए।

सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० छात्र र चार छात्रा सहभागी थिए भने अन्य सहभागी राई र तामाङ समुदायका बढी थिए।‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भन्ने दुई मात्र शेर्पा छात्र कक्षा १० मा अध्ययनरत छन्।

उनीहरूले पर्वतारोहण गर्न इच्छा देखाउनुको कारणमा ‘यो बहादुरीको काम हो, नेपाललाई हाम्रा बाबु–बाजेले यही काम गरेर चिनाए, हामीले पनि चिनाउनुपर्छ’ भनेका छन्।

तर, सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकोमा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन्।

पाँच जनाले मेडिकल डक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिए हुन्थ्यो भन्ने इच्छा प्रकट गरे।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE