काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ ।
कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ ।
ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्यूट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौँमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन् ।
“हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका थियौँ”, मनुमित्र कार्यक्रम संयोजक सङ्गीता सापकोटाले भनिन्, “२२ हजार यस्ता कुकुर मध्ये कूल १४ हजारको बन्ध्याकरण गर्नुपर्ने थियो । आठ हजारको बन्ध्याकरण गरिसक्यौँ भने छ हजारको अझै गर्न बाँकी छ ।” बाइस हजारमध्ये आठ हजार सामुदायिक कुकुर केही बूढा, केही दूध चुसाउने बच्चाको माउ, केही बच्चा रहेकाले यिनीहरुको बन्ध्याकरण गर्न नमिल्ने सापकोटाले बताइन् ।
काठमाडौँमा बढ्दै गएको कुकुरको सङ्ख्याबाट भित्रिने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइसकेको मनुमित्र सामुदायिक कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।
मनुमित्रले शुक्रबारका दिन आफ्नो क्लिनिकमा लगेर यस्ता कुकुरको बन्ध्याकरण गरी ‘भी’ आकारमा कान चिरेर चिह्न लगाउने गरेको छ । विसं २०७३ मा द जेन गुडअल इन्स्टिच्यूट नेपालले सामुदायिक कुकुर व्यवस्थापनमा लगानी गरेको थियो । विसं २०७४ मा कामपाले रु ७२ लाखको औषधी खरिद गरिदिएको थियो । यसैगरी २०७६ सालमा कामपाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मनुमित्रका संयोजक सापकोटाले बताइन् ।
मनुमित्रले कामपाको सबै वडामा पशु व्यवस्थापन सहायक समुह गठन गरी ३० जना सदस्यसहित २, ३ १३ र १४ बाहेक सबै वडामा रहेका यस्ता कुकुरको बन्ध्याकरणको काम सम्पन्न गरिसकेको छ । मनुमित्रले सामुदायिक कुकुरसम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । हरेक प्रकारका कुकुरको आयु १२ देखि १५ वर्ष हुने हुँदा मनुमित्रले समाजमा रेबिज शिक्षाका कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रमलगायतका विभिन्न काम गरिरहेको बताइएको छ ।
मनुमित्रले महानगरसँग गरेको तीन वर्षसम्मको सहकार्य हाल अन्तिम चरणमा रहेकाले यसको समाप्तीसँगै समाजमा रहेका यस्ता कुकुरको हेरविचार कसले गर्ला भन्ने चिन्तामा कार्यक्रमका सहभागीको मत छ । यो कार्यक्रम केवल काठमाडौँमा मात्र अघि बढाइएको थियो । यस कार्यक्रमका कारण आफ्ना घरमा कुकुर पाल्ने मानिससमेत सचेत भएका बताइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: