काठमाडौं । बदलिदैं गरेको जीवनशैलीसँगै स्तन क्यान्सरको खतरा पनि बढिरहेको छ । सामान्य रुपमा स्तन क्यान्सर ४५ देखि ५० वर्षका महिलाहरुमा देखिन्छ तर, अस्वस्थकर जीवनशैलीको कारण २५ देखि ३० वर्ष उमेरकै महिलामा समस्या देखिएको छ ।
के हो स्तन क्यान्सर ?
ढिलो गरि आमा बन्नु र बच्चालाई कम समयसम्म मात्रै दूध पिलाउनु र महिनाबारी कम उमेरमै सुरु हुनु पनि स्तन क्यान्सरको प्रमुख कारण हुन् । यसको साथै अत्याधिक मोटोपना र हर्मोनसम्बन्धित औषधिहरुको सेवन पनि स्तन क्यान्सरका कारण हुन् ।
स्तन क्यासरको पहिचान कसरी गर्ने ?
महिलाले आफुँमा स्तन क्यान्सर भए नभएको थाहा पाउन शरिरमा देखिने केहि बदलाबहरुलाई ख्याल गर्नुपर्ने हुन्छ । महिलाहरुले आफ्नो स्तनलाई बेला–बेला आफ्नै ढंगले पनि चेकजाँच गर्नुपर्ने हुन्छ । जानौं के हुन्छ स्तन क्यान्सरको लक्षण :
१. स्तनमा घान आउनु । स्तन रातो देखिनु ।
२. स्तनमा गाँठो पर्दै जानु र समयसँगै गाँठो ठुलो हुँदै जानु ।
३. स्तनको छालामा देखिने घाउ निको नहुनु ।
४. स्तनको आकारमा अस्वभाविक बृद्धि हुनु ।
५. स्तनको भित्री भाग भित्रतिर तानिनु । बढि रातो हुनु र दुध बाहेक अन्य तरल पदार्थ बाहिर आउनु ।
उपचार कसरी गर्ने ?
२० वर्षभन्दा माथिका हरेक महिलाले मासिक धर्म शुरु हुने ५ देखि ७ दिनको बीचमा आफ्नो स्तन आफैंले जाँच्नु पर्दछ । ऐना अगाडि उभिएर विस्तारै आफ्ना हातहरु छातीमा माथिबाट तल ल्याउने । यदि त्यहाँ कुनै गाँठा छ भने तब थाहा पाउन सकिन्छ । माथि उल्लेखित केहि लक्षणहरु देखिएका पनि सावधानी अपनाउनु पर्दछ ।
२० देखि ३९ वर्ष उमेरका महिलाहरुले प्रत्येक तीन वर्षमा विशेषज्ञसँग स्तनको परीक्षण गराउनुपर्दछ । ४० वर्ष पुगेका महिलाहरुले प्रत्येक वर्ष विशेषज्ञमार्फत म्यामोग्राफी (डिजिटल अल्ट्रासोनिक म्यामोग्राफी) गराउनुपर्दछ ।
स्तनको लागि गर्नुपर्ने परीक्षणहरु
बायोस्पी गरेसँगै अल्ट्रासाउण्ड, सी.टी स्कान, बोन स्कान, पेटको स्कान गर्दा क्यान्सरको अवस्था र फैलिएको अवस्था थाहा पाउन सकिन्छ ।
उपचार विधि
क्यान्सरको उपचार सर्जरी, रेडिएन थेरापी, केमोथेरापी, हार्मोनल थेरापी र टार्गेटेड थेरापीको माध्यमबाट विभिन्न चरणमा गरिन्छ । कोषिकाहरुमा क्यान्सरका रिसेप्टर्सहरु हुन्छ । जस्तै ‘ईआर’ र ‘पी आर’ । बायोप्सीको समय जसको जाँच गर्नुपर्दछ । हार्मोनल थेरापी यीनै रिसेप्टर्सको लागि उपचार हो ।
यसैगरी टार्गेडेड थेरापी र केमोथेरापी पनि गर्नुपर्दछ । जसले क्यान्सरलाई बढ्न दिँदैन र क्यान्सर लागेको कोषहरुलाई क्यान्सर मुक्त गराउन भूमिका खेल्दछ ।
(डा. अंकिता पटेलले लेख्नुभएको लेखलाई हामीले सान्दर्भिक ठानी साभार गरेका हौं, यो लेख भारतको जागरण दैनिकमा प्रकाशित छ )
प्रतिकृया लेख्नुहोस्: