कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट गरी बजेट बाँडफाँड गरेका छन् ।
कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा पूर्वाधार विकास कार्यक्रमको चालू आवको रु छ करोड बजेटबाट पोखरा महानगरपालिकामा १० योजनामा रु एक करोड ५० लाख तथा अन्नपूर्णमा १० र माछापुच्छ«े गाउँपालिकामा ११ योजना छनोट गरी दुवै पालिकामा रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
मन्त्री विश्वकर्माले योजना छनोट गर्दा सडक पूर्वाधार तथा सिँचाइ आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका छन् । महानगरपालिकाअन्तर्गत छनोट भएका १० योजनामध्ये जैसीचौर खुट्टाको गौडा सडक स्तरोन्नतिका लागि रु ५० लाख, चिसापानी खोला बाटो निर्माण पोखरा–६ मा रु १५ लाख र प्रगतिमार्ग सडक पोखरा–५ लाई रु १३ लाख बजेट विनियोजन गरिएको छ ।
काउरे पोखरी–नेटा पोखरी ग्रामीण सडक पोखरा–१९, लामापाटा ग्रामीण सडक पोखरा–१९, विश्वकर्मा कल्याण समाज बहुउद्देश्यीय भवन पोखरा–१८, कन्यामार्गमा ढल निर्माण पोखरा–३, शाही टोलमा खानेपानी योजना पोखरा तथा पोखरा–६ को गैरा चौतारामाथि जाने सडक स्तरोन्नति योजनालाई रु १० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, माछापुच्छ«े गाउँपालिका–२ को वडा कार्यालयबाट रातोपानी, भलाबोट, गाउँपालिका केन्द्र–भिडाबारी–गैरीगाउँ धिताल धम्पुस सडक तथा मर्दी समिबगर हुँदै आनन्दढाँटी सैँती घट्ट सडक स्तरोन्नतिका लागि रु ५० लाखका दरले बजेट विनियोजन भएको छ ।
हिरीवगर नागी कालिमाटी सडक, टुटुङ्गा–ल्वाङ कोलेली सडक विस्तार, घट्टेखोला पिपलडाली देउराली मोटरबाटो स्तरोन्नति, उदिन ढुङ्गादेखि ठूली कुवासम्मको सडक स्तरोन्नति, छहराकुनादेखि मुरीसम्मको सिँचाइ नहर निर्माण, घारी भुर्जुङखोला सिँचाइ नहर र ढावापुल–धनगौडा सडक खण्डको खरीबोट र धनगौँडा सडक स्तरोन्नतिका योजनालाई प्रतियोजना रु १५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।
यस्तै, अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी चुउनीपहरा हुँदै कलुवापोखरी शिवमार्ग ग्रामीण सडक तथा वडा नं ६ को ठोट्ने खोला ढाके सोक्जुङ्गा सडक स्तरोन्नति योजनाका लागि रु ५० लाखका दरले बजेट छुट्टाइएको छ ।
लक्ष्मी देउराली धारापानी रानीथोक सडकलाई रु १५ लाख, बगालेटोल बस्ती संरक्षण तथा पहिरो नियन्त्रण, प्रगतिशिल मावि खेलमैदान निर्माण, अभिमान मेमोरियल विद्यालय खेलमैदान, लान्द्रुक–तोल्का–आलुखोर–पोथना सडक, वनठाँटी मौरे ट्रेक पर्यटकीय मार्ग तथा प्रुम्धु क्युमे ग्रामीण सडक योजनाका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको मन्त्री विश्वकर्माले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: